ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल हुनबाट कसैले रोक्न सकेन, सचिवालयबाट नेकालाई मान्यता


ABC NEWS

 

काठमाडौं ९ माघ । संसद सचिवालयले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएको छ । कांग्रेसले विपक्षी दलको नेताको सेवा सुविधाको लागि पठाएको पत्रको जवाफ लेख्दै सचिवालयले देउवाले विपक्षी दलको नेताको रुपमा सेवा सुविधा पाउने जनाएको हो ।

सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भइ आएकोमा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ का सम्बन्धित दफाहरू अनुसूची १ तथा अनुसूची २ बमोजिम हुने व्यहोराको पत्र पठाएको हो ।

कांग्रेसलाई सचिवालयले प्रमुख प्रतिपक्षी दलको मान्यता दिएपछि संवैधानिक परिषद्को सदस्य बन्ने बाटो खुलेको छ ।

नेमकिपाले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै आफूलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिन आग्रह गर्दै सचिवालयलाई पत्र पठाएको थियो ।

नेमकिपाले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै आफूलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिन आग्रह गर्दै सभामुख देवराज घिमिरेसमक्ष माग गरेको थियो ।

सभामुखलाई लिखित पत्र लेख्दै नेमकिपाका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्षीको मान्यता आफ्नो दललाई दिन माग गरेका थिए ।

तर ऐनमा १० प्रतिशत वा सोभन्दा बढी सदस्य भएको दलले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउने उल्लेख छ । नेमकिपाको १० प्रतिशत हिस्सा पुग्दैन । विपक्षमा कुनै दलको १० प्रतिशत मत नभएमा सभामुखले तोकेको दललाई विपक्षी दल मानिने व्यवस्था छ ।

कांग्रेसले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि आफूहरू प्रमुख प्रतिपक्षमा बस्ने बताउँदै आएको थियो । यही आधारमा कांग्रेस मुख्य सचेतक रमेश लेखकले आफूहरू विपक्षी दल भएको बताउँदै आएका छन् । पुस १० मा प्रधानमन्त्री नियुक्त हुँदा आफूहरू विपक्षी भएको र संसदमा पनि विपक्षी बेन्चमा बसेकोले विपक्षी दलबारे विवाद गरिरहनु जायज नभएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com