ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला कुर्मीका लागि न्याय माग्नेहरु सहित रुवी खानलाई पक्राउ, सडक आक्रोशित


ABC NEWS
माघ ९, २०७९ सोमबार  ४ : २७ बजे

 

 


काठमाडौँ ९ माघ । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्युको चित्तबुझ्दो छानबिन गरी दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरिएको छ ।

 

काठमाडौंको बबरमहलअगाडि प्रदर्शन गरिरहेका बेला खानलगायतका अधिकारकर्मीलाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालत अगाडिबाट रुबी खानसहित ७ जना पक्राउ परेको बताइएको छ । अहिले उनीहरूलाई सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखिएको छ । २०७६ चैत १४ मा भारतमा निर्मलाको शंकास्पद मृत्यु भएपछि उनीहरू निरन्तर आन्दोलनमा छन् । यसबीच सरकारी छानबिन समिति बन्यो, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धान पनि गरे, तथापि पीडित पक्ष न्याय पाउनेमा आश्वस्त हुन सकेकै छैन । मुद्दा अदालतसम्म जान सकेकै छैन । उल्टो, मुख्य आरोपित रहेका कांग्रेस नेता बादशाह कुर्मी हालै बाँके–३ ९२० बाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

हिउंदको कठ्यांग्रिँदो चिसोमा न्यायका लागि गुहारेको २४ औं दिन भइसकेको छ । न्यायको लागि हरेक दिन धाउँदा उनीहरु गलिसकेका छन् तर आत्मबल भने गलेको देखिँदैन । एकल महिला निर्मला कुर्मीलाई बेपत्ता पारिएको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनरत महिलाहरु जबसम्म न्याय सुनिश्चित हुँदैन तबसम्म पछि नहट्ने प्रणमा छन् । आन्दोलनलाई नेतत्व गरिरहेकी महिला अधिकारकर्मी रुबी खान न्यायका लागि जति भौतारिँदा पनि कसैले आवाज नसुनेकोमा गुनासो गर्छिन् ।

गृहमन्त्री रवि लामिछाने केही दिनअघि माइतीघरमै प्रदर्शनकारीहरूलाई भेट्न आए पनि आफ्ना कुरा मात्रै सुनाएर हिँडेको भन्दै प्रदर्शनकारीहरू थप असन्तुष्ट देखिएका छन् । लामिछाने गृहमन्त्री बन्नुअघिदेखि नै उनीहरू माइतीघरमा पुगेर धर्ना दिँदै आएका छन्। यसबीचमा प्रदर्शनकारीहरूले सडक नाटक, न्यायका लागि बहस लगायत गतिविधि गर्दै आएका छन् ।
कुर्मीको न्यायका लागि खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जिव उप्रेती, अर्चना थापा लगायतका नागरिक अभियन्ताहरूले पीडितको मागमा ऐकवद्धता जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

सम्बन्धित

रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

सी जिनपिङसँग वार्तालगत्तै ट्रम्पको चेतावनी–ताइवानले आफूलाई स्वतन्त्र घोषणा नगरोस्

एमालेको सचिवालय बैठक सर्यो, सोमबार अध्यक्ष ओलीकै निवासमा बस्ने

सीईओ पाण्डेलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश, भेटिएन थुनेर अनुसन्धान गर्नुपर्ने कारण

१ सय रूपैयाँभन्दा बढीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com