ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज उपसभामुखको निर्वाचन, गठबन्धनकि रानामगर र कांग्रेसकि यादव प्रतिस्पर्धामा


ABC NEWS

काठमाडौं ६ माघ । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन आज हुँदैछ। यसका लागि सत्ता गठबन्धन र विपक्षी गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार बनाएका छन्।आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्नेछ।

शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ।

संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन्।

रानामगरलाई रास्वपाकै सोबिता गौतमले प्रस्ताव गरेकी हुन् भने उनका समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन्।

यस्तै यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।

उपसभामुखमा उम्मेदवारी दिएका दुवै नेतृ फरक पृष्ठभूमिका हुन्।

सत्ता साझेदार दलका तर्फबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर पूर्वअधिकारकर्मी हुन्। यस्तै विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी मुक्ताकुमारी यादव लामो समयदेखि राजनीतिमा संलग्न नेतृ हुन्। दुवै समानुपातिक सांसद हुन् ।

झापाकी ५२ वर्षिया रानामगरलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो। रानामगर मंसिर ४ गतेको चुनावपछि मात्र राजनीतिमा होमिएकी हुन्।

११ वर्षको उमेरदेखि विद्यालय जान पाएकी इन्दिराले २०५३ सालमा स्नातक पूरा गरेकी थिइन्। त्यसपछि सामाजिक क्षेत्रमै क्रियाशील रहिन्।

कारागार पुगेका निर्दोष बालबालिकालाई आश्रय तथा शिक्षा दिन उनी ३३ वर्षदेखि सक्रिय छिन्। उनी त्यस्तै हालका दुई हजारभन्दा बढी बालबालिकाकी आमासमेत हुन्। बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष रानाको संस्थाले काठमाडौं, भक्तपुर, झापालगायतका जिल्लामा १२ वटा बालगृह र दुई वटा विद्यालय सञ्चालन गरिरहेको छ ।

समाजसेवी रानाले सन् २००५ मा अशोक फेलोसमेत जितेकी थिइन् । दुई दर्जनभन्दा बढी अवार्डबाट सम्मानित भइसकेकी उनी सन् २०१७ मा बीबीसीको प्रेरणादायी तथा सिर्जनशील महिलाको सूचीमा परेकी थिइन् ।

विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएको कांग्रेसको केन्द्रीय सदस्य ४५ वर्षीया मुक्ताकुमारी यादव महोत्तरीकी हुन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा उनले सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन्।

पेसाले शिक्षिका र स्नातकसम्म अध्ययन गरेकी यादव २०५३ सालमा कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको जिल्ला कार्यसमिति सदस्यबाट राजनीति सुरू गरिन्।

उनले नेपाल शिक्षक संघको प्रतिनिधि हुँदै २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद भइन्। २०७४ सालमा राष्ट्रियसभा सदस्य बनेकी उनी अहिले प्रतिनिधिसभाको समानुपातिक सांसद् हुन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

काठमाडौं, २४ माघ । निर्वाचनपश्चात नयाँ सरकारको बनेको ४२ दिनमै पूनः सरकार अस्थिर अवस्थामा पुग्ने संकेत देखिएको छ । सरकारमा दलहरुबीचको सहमतिमा बनेको गठबन्धन सरकारबाट

सम्बन्धित

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

ओलीको बाध्यता र प्रचण्डको आवश्यकतामा प्रधानमन्त्रीको पद उकुसमुकुस (भिडियो)

भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

भूकम्पले टर्की र सिरियामा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो, १२ हजारभन्दा बढी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com