काठमाडौं । ज्यान मुद्दामा तारेख गुजारी फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्रन गृहमन्त्री रवि लामिछानेले दिएको निर्देशन प्रहरीले नमानेको स्पष्ट भएको छ ।
गृहमन्त्रीले सांसद कोइरीलाई पक्राउ गर्न पटक–पटक निर्देशन दिएको भएपनि पक्राउ नपरेको भन्दै गृह मन्त्रालयले पक्रन लिखित निर्देशन दिएको बताएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले गृहमन्त्रीबाट पटक–पटक निर्देशन दिएपनि पक्राउ नपरेको र पक्राउ गरी कारवाही गर्न लिखित निर्देशन दिइएको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्