ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वले ‘चीन–अमेरिका’ सम्बन्धमा सुधार खोजेको चिनिया धारणा


ABC NEWS

 

वासिंगटनको विदेशनीति अमेरिकी एवं चिनियाँ जनताको इच्छामा आधारित हुनुपर्छ, एउटालाई सिध्याएर अर्काले जित्ने नभई परस्पर हित हुने नीति लागू गर्नुपर्छ

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले अफ्रिका भ्रमण गर्नुअघि बुधबार स्विट्जरल्यान्डमा चिनियाँ उपप्रधानमन्त्री लिउ हेसँग वार्ता गरेका छन् । उपप्रधानमन्त्री लिउ चीन–अमेरिका बृहत् आर्थिक संवादका चिनियाँ पक्षका प्रमुख पनि हुन् र उनी वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा भाग लिन डाभोस जाँदै छन् ।

यो प्रत्यक्ष वार्ता तीनपटकको अनलाइन भिडियो वार्तापछि गरिएको हो । यसबाहेक यो वार्ता यस वर्षको चीन र अमेरिकाका शीर्षस्तरका नेताको पहिलो हो । तसर्थ, यस वार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोसाथ हेरेका छन् । त्यसैगरी, अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेन यही ५ फेब्रुअरीमा चीनको राजकीय भ्रमणमा आउँदै छन् । स्मरण रहोस्, अमेरिकी विदेशमन्त्रीको चीन भ्रमण पाँच वर्षपछि हुँदै छ ।

स्विट्जरल्यान्डमा भएको अढाई घन्टाको वार्तामा व्यावसायिक, गम्भीर, व्यावहारिक एवं रचनात्मक विषयमा छलफल भएको थियो । बृहत् नीति सञ्चार र समन्वयमा सुधार गर्न र आर्थिक तथा वित्तीय क्षेत्रका समस्यालाई सम्बोधन गर्न मिलेर काम गर्नु आ–आफ्नो राष्ट्रका साथै सम्पूर्ण विश्वको हितमा रहेको भन्नेमा दुवै पक्ष सहमत भएका थिए । यसबाहेक चिनियाँ पक्षले अमेरिकाको चीनविरुद्ध लक्षित आर्थिक, व्यापार र प्रविधि नीतिप्रति चिन्ता व्यक्त गर्दै यी नीतिले दुवै पक्षलाई असर गर्नेछ भन्नेमा अमेरिकी पक्षले विचार गर्ने आशा चिनियाँ पक्षले व्यक्त गरेको छ ।

येलेनले चाँडै नै गर्ने चीन भ्रमणका लागि उत्साहित भएको बताएकी थिइन्, जसलाई चिनियाँ पक्षले स्वागत गरेको थियो । चीन र अमेरिकाले बाली शिखर सम्मेलनका लक्ष्य पूरा गरिरहेका छन् र क्रमशः कूटनीति, व्यापार र वाणिज्य क्षेत्रमा उच्चस्तरीय सञ्चार सुचारु गर्दै छन् भन्ने पनि पुष्टि हुन्छ ।

नयाँ वर्षको सुरुवातमा सामान्यतया परिस्थितिअनुकूल देखिन्छ अर्थात् लामो समयदेखिको तनावपूर्ण अमेरिका–चीन सम्बन्धमा सुधार आउँदै छ । विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धका रूपमा हामी चीन–अमेरिका सम्बन्धबाट द्वन्द्व र टकरावका नकारात्मक समाचारभन्दा शान्ति र विकासबारे सकारात्मक समाचार सुन्न चाहन्छौँ । सन् २०२३ मा हामी विवाद व्यवस्थापनका साथै दुवै राष्ट्रका पारस्परिक लाभकारी सहयोगको सुदृढीकरणमा केही प्रगति हुने आशा गर्छौं । लिउ र येलेनबीचको वार्ताले दुई पक्षले वित्त, अर्थतन्त्र र व्यापारका क्षेत्रमा साझेदारी गर्नुपर्ने स्पष्ट संकेत दिएको छ ।

द्विपक्षीय सम्बन्धमा सामना गर्नुपरेका महत्वपूर्ण चुनौतीका बाबजुद चीन र अमेरिकाबीचको व्यापारले सन् २०२२ मा कीर्तिमान कायम गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिका आर्थिक एवं वित्तीय नीतिको समन्वयमा सुधार गर्न र व्यापार एवं वाणिज्य क्षेत्रमा साझेदारी गर्न जिम्मेवार छन् । उसो त यो काम गर्न यी दुई ठूला राष्ट्रका लागि कठिन छ तर यो अपरिहार्य काम हो ।

वास्तवमा यी माग एवं अपेक्षा बाँकी विश्वका मात्रै नभई स्वयं चिनियाँ र अमेरिकी नागरिकका पनि हुन् । चीनविरोधी विचारधारा निर्माण गर्ने र जनमतलाई प्रभावित पार्ने अमेरिकामा रहेका चीनविरोधी नेताबाहेक अधिकांश अमेरिकीलाई भूराजनीतिक विषयमा चासो छैन । आखिरमा चीन र अमेरिकाका जनता आफ्नो जीवन सुखी होस् भन्ने नै चाहन्छन् । वासिंगटनको विदेश नीति अमेरिकी एवं चिनियाँ जनताको इच्छामा आधारित हुनुपर्छ अर्थात् एउटालाई सिध्याएर अर्काले जित्ने नभई परस्पर हित हुने नीति लागू गर्नुपर्छ ।

उच्च मुद्रास्फीति अमेरिकामा अझै पनि विकराल समस्याका रूपमा रहेको छ र मन्दी अवश्यम्भावी देखिन्छ । चीनले महामारी रोकथाम र व्यवस्थापनका लागि आफ्नो नीतिलाई अनुकूलन र परिमार्जन गर्दै आर्थिक विकासमा थप प्रयास गरिरहेको छ । राजनीतिक मुद्दालाई एकातिर राख्ने हो भने चीन र अमेरिकाबीचको पारस्परिक लाभकारी सहयोगका क्षेत्र बढेका छन् ।

वासिंगटनले हालैका वर्षमा अन्तर्राष्ट्रिय सुरक्षा क्षेत्रमा शिविर खडा गर्ने काम गरेको छ र विश्वव्यापी अर्थतन्त्र एवं व्यापारमा ‘डिकपलिङ र ब्रेकिङ चेन्स’ ९सम्बन्ध तोड्ने र छुट्टिने० लाई प्रोत्साहन गरेको छ, जसले सम्पूर्ण अन्तर्राष्ट्रिय वातावरणलाई उत्तेजित गरेको छ । यो अवस्था निम्त्याउन अमेरिका दोषी छ र अमेरिकाले नै यसको समाधान गर्नुपर्छ । अमेरिकाकै मात्र भर पर्न सकिने अवस्था छैन । ‘युएस निमिट्ज क्यारियर स्ट्राइक’ समूह लिउ र येलेनको वार्ताअघि साउथ चाइना सीमा सञ्चालन भइरहेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्ताको अघिल्लो दिन डच प्रधानमन्त्री मार्क रुटेलाई चीनविरुद्ध अमेरिकाको ‘चिप’ बहिष्कार अभियानलाई समर्थन गर्न मनाउने प्रयास गरिरहेका थिए । वार्तापछि येलेनले ‘चिनियाँ प्रभावको विरोध’ गर्ने उद्देश्यले अफ्रिकाको यात्रा गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । चीनप्रति अमेरिकी नीति पनि धेरै हदसम्म नकारात्मक छ र यसलाई तुरुन्तै सम्बोधन गर्न आवश्यक छ । वास्तवमा चीन–अमेरिका सम्बन्ध जटिल छ ।

यद्यपि अमेरिकी पक्षले चीनसँग सम्बन्ध सुधार गर्ने इच्छा राखेको देखिन्छ, तर सुधारको कदम चाल्नुअघि वासिंगटनमा केही तप्का दुई पक्षबीचको सम्बन्ध बिगार्न अघि सरिहाल्छन् । वासिंगटनका उग्र–राजनीतिक शक्तिले चीन–अमेरिका सम्बन्धको भविष्यलाई निकै कमजोर बनाएका छन् । चीन–अमेरिका सम्बन्ध केही हदसम्म स्थिर छ र पछाडि फर्कने ठाउँ छैन किनभने फर्किने हो भने भयानक द्वन्द्व निम्तिनेछ । तर, यसमा वासिंगटनकै पहलकदमी आवश्यक छ । दुई राष्ट्रको वार्षिक द्विपक्षीय व्यापार ७० खर्ब डलरबराबरको छ र यसलाई जोगाउन ‘नो वार’ अर्थात् ‘युद्ध छैन’ भन्ने अवस्थाबाट मात्रै चित्त बुझाउन सकिँदैन । यस अर्थमा वासिंगटनले अझै धेरै पहल लिन र धेरै गर्न आवश्यक छ ।

(ग्लोबल टाइम्सको १९ जनवरीको सम्पादकीय)

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

  काठमाडौँ १५ माघ । राहदानी विभागले सोमबारबाट एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि इनरोलमेन्ट)को व्यवस्था गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै विभागले दैनिक १

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

  काठमाडौं १५ माघ । सर्वोच्च अदालतको फैसलासँगै एकसाथ चार पद गुमाएका रवि लामिछानेले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियत के हुन्छ भन्ने बारे विज्ञहरु जुन

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

  काठमाडौँ १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था

सम्बन्धित

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

परराष्ट्रमन्त्री विमला राईको पहिलो विदेशभ्रमण श्रीलंकाको हुने

प्रचण्डको पहिलो विदेशी पाहुनका रुपमा अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com