ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपामा उपसभामुख पदको उमेद्वारमा ट्विस्ट, सोबिता भर्सेस इन्दिरा राना मगर


ABC NEWS

काठमाडौं ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र उपसभामुखका लागि सोविता गौतम उमेद्वार हुने भन्ने चर्चा चले पनि उनेको काउन्टरमा झापाकी इन्दिरा रानामागरलाई अघि सरिएको छ ।

सत्ता साझेदार दलहरूको भागबण्डामा रास्वपाले उपसभामुखको पद पाएको थियो। उपसभामुख पदका लागि शुक्रबार मनोनयन दर्ता हुँदैछ। उपसभामुखको उम्मेदवार चयनका लागि रास्वपाले शुक्रबार बिहान सिंहदरबारमा संसदीय दलको बैठक डाकेको छ।

रास्वपाबाट उपसभामुखमा काठमाडौंबाट निर्वाचित सांसद सोबिता गौतम र समानुपातिक तर्फबाट निर्वाचित झापाकी इन्दिरा रानामगर दाबेदारका रूपमा अघि सारेर सभापति रबि लामिछानेले सोविता गौतमलाई अघि बढाउन चाहंदैनन् भन्ने देखाएको एक सांसदले बताए ।

कानुन विषय अध्ययन गरेकी सोबिताले उपसभामुखको जिम्मेवारी पाए आफू तयार रहेको बताएकी छिन्।रास्वपाकै सांसद इन्दिरा रानामगरले भने आफ्नो दाबी नभए पनि जिम्मेवारी पाउँदा आफू निर्वाह गर्न तयार रहेको बताइन्। अहिले निर्वाचित भएका पदाधिकारीहरू समावेशी नदेखिएकाले आफ्नो उपस्थितिले समावेशिता बढाउने इन्दिराले बताइन्।

‘पार्टीमा ८ जना महिला छौं। डाक्टर तोसिमा राज्यमन्त्री बन्नुभयो। अब बाँकीमध्ये कोही उम्मेदवार हुन्छौं, इन्दिराले भनिन्, ‘मैले पार्टीमा मन्त्री बनाउनुपर्छ पनि भनेकी छैन। कुनै पद मागेकी छैन। तर साथीहरूले जिम्मेवारी तोकिएको अवस्थामा तयार रहन भनेका छन्।’

रास्वपार्टीका सभापति रवि लामिछानले कसलाई उपसभामुखको उम्मेदवार बनाउने भन्ने विषयमा मुख नखोले पनि भित्रभित्र राना मगरतिर ससंकेत गरेको बुझिएको छ ।

‘सभामुख महिला निर्वाचित भएको भए हुन्थ्यो। तर अब पुरूष निर्वाचित भएपछि महिला उपसभामुख बन्नुपर्ने अवस्था आएको छ, इन्दिराले भनिन्, ‘पार्टीमा पनि प्राइमरी भोटमा म जनजाति महिलामा एक नम्बरमा आएकी हुँ। म सामाजिक सेवा छाडेर राजनीतिमा जनताको आवाज उठाउन आएकी हुँ। सभापति र अरू सांसदले के भन्नुहुन्छ, त्यसमा निर्भर हुन्छ।
उपसभामुख पदका लागि शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेभित्र उम्मेदवारी दर्ताका लागि संसद सचिवालयले निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ।
सत्तासाझेदार दलहरुको शक्ति बांडफांटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपालाई आफ्नै पार्टी जसरी पद दिलाईरहेका छन् । त्यसले पनि एमाले र माओवादी बीचको सम्वन्धलाई अरु बढी सशंकि त बनाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

काठमाडौं, २४ माघ । निर्वाचनपश्चात नयाँ सरकारको बनेको ४२ दिनमै पूनः सरकार अस्थिर अवस्थामा पुग्ने संकेत देखिएको छ । सरकारमा दलहरुबीचको सहमतिमा बनेको गठबन्धन सरकारबाट

सम्बन्धित

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

ओलीको बाध्यता र प्रचण्डको आवश्यकतामा प्रधानमन्त्रीको पद उकुसमुकुस (भिडियो)

भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

भूकम्पले टर्की र सिरियामा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो, १२ हजारभन्दा बढी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com