ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपामा उपसभामुख पदको उमेद्वारमा ट्विस्ट, सोबिता भर्सेस इन्दिरा राना मगर


ABC NEWS
माघ ६, २०७९ शुक्रबार  ६ : १४ बजे

काठमाडौं ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र उपसभामुखका लागि सोविता गौतम उमेद्वार हुने भन्ने चर्चा चले पनि उनेको काउन्टरमा झापाकी इन्दिरा रानामागरलाई अघि सरिएको छ ।

सत्ता साझेदार दलहरूको भागबण्डामा रास्वपाले उपसभामुखको पद पाएको थियो। उपसभामुख पदका लागि शुक्रबार मनोनयन दर्ता हुँदैछ। उपसभामुखको उम्मेदवार चयनका लागि रास्वपाले शुक्रबार बिहान सिंहदरबारमा संसदीय दलको बैठक डाकेको छ।

रास्वपाबाट उपसभामुखमा काठमाडौंबाट निर्वाचित सांसद सोबिता गौतम र समानुपातिक तर्फबाट निर्वाचित झापाकी इन्दिरा रानामगर दाबेदारका रूपमा अघि सारेर सभापति रबि लामिछानेले सोविता गौतमलाई अघि बढाउन चाहंदैनन् भन्ने देखाएको एक सांसदले बताए ।

कानुन विषय अध्ययन गरेकी सोबिताले उपसभामुखको जिम्मेवारी पाए आफू तयार रहेको बताएकी छिन्।रास्वपाकै सांसद इन्दिरा रानामगरले भने आफ्नो दाबी नभए पनि जिम्मेवारी पाउँदा आफू निर्वाह गर्न तयार रहेको बताइन्। अहिले निर्वाचित भएका पदाधिकारीहरू समावेशी नदेखिएकाले आफ्नो उपस्थितिले समावेशिता बढाउने इन्दिराले बताइन्।

‘पार्टीमा ८ जना महिला छौं। डाक्टर तोसिमा राज्यमन्त्री बन्नुभयो। अब बाँकीमध्ये कोही उम्मेदवार हुन्छौं, इन्दिराले भनिन्, ‘मैले पार्टीमा मन्त्री बनाउनुपर्छ पनि भनेकी छैन। कुनै पद मागेकी छैन। तर साथीहरूले जिम्मेवारी तोकिएको अवस्थामा तयार रहन भनेका छन्।’

रास्वपार्टीका सभापति रवि लामिछानले कसलाई उपसभामुखको उम्मेदवार बनाउने भन्ने विषयमा मुख नखोले पनि भित्रभित्र राना मगरतिर ससंकेत गरेको बुझिएको छ ।

‘सभामुख महिला निर्वाचित भएको भए हुन्थ्यो। तर अब पुरूष निर्वाचित भएपछि महिला उपसभामुख बन्नुपर्ने अवस्था आएको छ, इन्दिराले भनिन्, ‘पार्टीमा पनि प्राइमरी भोटमा म जनजाति महिलामा एक नम्बरमा आएकी हुँ। म सामाजिक सेवा छाडेर राजनीतिमा जनताको आवाज उठाउन आएकी हुँ। सभापति र अरू सांसदले के भन्नुहुन्छ, त्यसमा निर्भर हुन्छ।
उपसभामुख पदका लागि शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेभित्र उम्मेदवारी दर्ताका लागि संसद सचिवालयले निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ।
सत्तासाझेदार दलहरुको शक्ति बांडफांटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपालाई आफ्नै पार्टी जसरी पद दिलाईरहेका छन् । त्यसले पनि एमाले र माओवादी बीचको सम्वन्धलाई अरु बढी सशंकि त बनाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com