काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् ।
प्रतिनिधिसभामा आज भएको मतदानमा सत्तारुढ गठबन्धनका उम्मेदवार घिमिरे भारी मतका साथ निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभामा आज भएको मतदानमा कुल खसेको २६८ मतमध्ये १६७ घिमिरेले पाएका थिए। बिपक्षमा १०० मत परेको छ । मत दिन्न भन्ने पक्षमा एक मत परेको छ ।
घिमिरेलाई सत्तारुढ गठबन्धनमा आवद्ध दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदहरुले मतदान गरेका छन ।
झापा २ बाट निर्वाचित घिमिरे बौद्धिक, सालिन र सबैलाई मिलाएर लैजानसक्ने समन्वयकारी नेताका रुपमा परिचित छन् । उनीसँग प्रतिस्पर्धा गरेकी नेपाली कांग्रेसकी सांसद इश्वरी न्यौपानेले १०० मत पाएकी छन् ।







प्रतिक्रिया दिनुहोस्