ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुईतिहाई बहुमत प्राप्त वाम गठबन्धनको सरकार स्थायी हुन्छ : प्रचण्ड


एबीसी न्यूज
माघ ११, २०७४ बिहीबार   ६ : ०२   बजे

बुटवल, ११ माघ  ।  रुपन्देहीको देवदहमा आजदेखि शुरु भएको चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उहाँले स्थायी सरकार नहुदा मुलुकमा विकासले फड्को मार्न नसकेकाले अब झण्डै दुईतिहाई बहुमत प्राप्त वाम गठबन्धनको सरकार स्थायी हुने जिकिर गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “सम्भावनाका हिसाबले भारत र चीनभन्दा नेपाल अगाडि छ, अब बन्ने वाम गठबन्धन सरकार देशलाई समृद्ध राष्ट्र बनाउन लाग्नेछ । ” उहाँले देवदह बुद्धको मावली थलो एवं लुम्बिनीसँग जोडिएको ऐतिहासिकस्थल भएकाले यहाँ पर्यटन विकासको प्रचुर सम्भावना रहेको औँल्याउनुभयो ।

देवदहमा लुम्बिनी बौद्धविश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढेकाले विश्वविद्यालय स्थापनासँगै यहाँको विकासले गति लिने बताउँदै उहाँले गौतम बुद्धको मावली देवदहमा बौद्ध विश्व विद्यालय निर्माण गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले रुपन्देही जिल्लालाई नमूनाका रुपमा विकास गर्ने गरी अब बन्ने सरकार लागिपर्ने बताउनुभयो । कार्यक्रममा खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाक, महोत्सव मूल आयोजक समितिका अध्यक्ष गोविन्द ठड्राई, एमालेका पोलिटब्युरो सदस्य छविलाल विश्वकर्मा, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष श्याम पाठक, प्रदेश सांसदद्वय बलदेव शर्मा पोखरेल र कृष्णप्रसाद न्यौपाने, देवदह नगरपालिका प्रमुख हीराबहादुर खत्रीलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group