ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानपावरका कर्मचारी नै श्रममन्त्री भएपछि डीपी अर्याल विवादमा, श्रमिकको हितमा काम हुनेमा चिन्ता


abc tv

काठमाडौं । श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसका इन्टरनेसनल मार्केटिङ डाइरेक्टर डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त हुनासाथ विवादमा तानिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद डोलप्रसादलाई श्रम मन्त्रालयको जिम्मा दिएपछि स्वार्थ बाझिएको भन्दै उनको विरोध भएको हो।

म्यानपावर कम्पनीका कर्मचारी डोलप्रसादले श्रमिकको हितमा काम गर्न नसक्ने भन्दै उनको विरोध भएको हो। डोलप्रसादले चर्को रकम असुलेर जापानमा श्रमिक पठाउँदै आएका थिए। उनैलाई रास्वपाले श्रम मन्त्रालयको जिम्मा दिएको छ।

श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरुलाई नियमन गर्दै श्रमिकको हितमा काम गर्नुपर्छ। तर हिजो तिनै श्रमिकसँग रकम उठाउने र म्यानपावरमा काम गर्ने डोलप्रसादले त्यो जिम्मा पाएका छन्।

उनी आबद्ध म्यानपावरले भदौमा पनि नेपाली श्रमिकलाई जापान पठाएको पाइएको छ।

रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछाने उनको रेमिट्यान्स कम्पनीका ब्रान्ड एम्ब्यासडर हुन्। लामिछानेलाई एम्ब्यासडर बनाएका डोलप्रसादलाई रास्वपामा समानुपातिकमा खस आर्यतर्फ पहिलो नम्बरमा राख्दै सांसद बनाइएको थियो।

रास्वपाले श्रम मन्त्रालय पाएपछि पार्टीभित्र वैदेशिक रोजगारका जानकार भन्दै डोलप्रसादलाई श्रममन्त्री बनाइएको थियो। उनी विवादमा आएसँगै श्रृष्टि म्यानपावर कम्पनीले अहिले वेबसाइट नखुल्ने बनाएको छ। मंगलबारसम्म उनको नाम वेबसाइटमै उल्लेख थियो र खुलिरहेको थियो।

श्रममन्त्री भएपछि म्यानपावर कम्पनीमा जोडिएको भन्दै विरोध भएपछि वेबसाइट नखुल्ने बनाइएको छ। श्रृष्टि म्यानपावर कम्पनीको फेसबुक पेज भने अहिले पनि खुलिरहेको छ। नागरिकता विवादमा मुछिएका रवि लामिछाने सोही विषय छानबिन गरिरहेको मन्त्रालयमा र म्यानपावरका कर्मचारी डोलप्रसाद पनि सोही विषय जोडिएको श्रम मन्त्रालयको जिम्मेवारी पाउँदा दुवै विवादमा परेका हुन्।

आफ्नो विरोध भएपछि डोलप्रसादले सामाजिक सञ्जालमा स्पष्टीकरण दिएका छन्।

१५ वटाभन्दा बढी पेसा र व्यवसायमा संलग्न रहेको डोलप्रसादले स्वीकार गर्दै आफ्नो स्वार्थ नबाझिने क्षेत्र नै नरहेको बताएका छन्।

‘देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै थोरै संलग्नता भएकाले मेरो स्वार्थ नबाझिने त कुनै क्षेत्र नै छैन,’ डोलप्रसादले फेसबुकमा लेखेका छन्।

कृषि फार्म, ट्राभल सर्भिस, सहकारी, इँटा उद्योग, रेमिट्यान्स कम्पनी, एजुकेसन कन्सल्टेन्सी, सेक्युरिटी सर्भिस, ट्रेकिङ सर्भिस, होटल व्यवसाय, क्याटरिङ व्यवसाय लगायतमा आवद्ध रहेको उनले बताएका छन्।

साथीहरुले म्यानपावर कम्पनीको इन्टरनेसनल मार्केटिङ डाइरेक्टरको पद लेखिदिए पनि हटाउन भुलेको उनको जवाफ छ। म्यानपावर कम्पनीमा आफ्नो लगानी नभएको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

  काठमाडौँ १५ माघ । राहदानी विभागले सोमबारबाट एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि इनरोलमेन्ट)को व्यवस्था गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै विभागले दैनिक १

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

  काठमाडौं १५ माघ । सर्वोच्च अदालतको फैसलासँगै एकसाथ चार पद गुमाएका रवि लामिछानेले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियत के हुन्छ भन्ने बारे विज्ञहरु जुन

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

  काठमाडौँ १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था

सम्बन्धित

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

परराष्ट्रमन्त्री विमला राईको पहिलो विदेशभ्रमण श्रीलंकाको हुने

प्रचण्डको पहिलो विदेशी पाहुनका रुपमा अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...