काठमाडौं । प्रतिनिधिसभा सभामुखमा देवराज घिमिरेको उम्मेदवारी दर्ता भएको छ ।
सत्ता गठबन्धनको तर्फबाट एमाले सांसद घिमिरेको सभामुखका लागि उम्मेदवारी दर्ता भएको हो ।
एमाले उपाध्यक्ष सुवास नेम्बाङ प्रस्तावक र रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादी केन्द्रका हितराज पाण्डे समर्थक छन् ।
प्रतिक्रिया दिनुहोस्