ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डको प्रश्नः संवैधानिक पदमा कांग्रेसलाई समेट्नुपर्छ कि पर्दैन ? कांग्रेसको आफ्नै पिरलो


ABC NEWS

काठमाडौं ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै संवैधानिक पदहरूमा कांग्रेसलाई पनि सम्वोधन गर्नु पर्ने आशय व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रचण्डले बदलिएको परिस्थितिमा के–कसरी अगाडि बढ्न सकिएला भन्ने विषयमा नेताहरूको सुझाव मागेका हुन्।

‘प्रधानमन्त्रीले सरकारका सन्दर्भमा सत्तासाझेदार दलबीचको सहमति नै लागू हुने स्पष्ट गर्दै संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राख्दै दलहरूको धारणा र सुझाव माग्नुभएको थियो,’ बैठकमा सहभागी एक नेताले बताए।

ती नेताका अनुसार प्रधानमन्त्रीले आफू सत्तासाझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोहीअनुसार नै मंगलबार मन्त्रिपरिषद्ले पूर्णता पाएको बताउँदै संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने धारणा राखेका थिए।

बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिए।

उनले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बताउँदै प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको बताएका थिए।

बैठकमा कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, एकीकृत समाजवादीलगायत सरकारलाई विश्वासको मत दिएका दलका शीर्ष नेताहरूले धारणा राखेका थिए।

‘बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, एमालेबाट अध्यक्ष केपी ओली, ईश्वर पोखरेल र शंकर पोखरेल, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत उपस्थित थिए।’

‘नेकाका प्रमुख सचेतकले सरकारलाई विश्वासको मत दिए पनि नेका संसदी य दलका नेता शेर बहादुर देउवा नै प्रमुख प्रतिपक्षी दलको नेता भएको बताए । ‘हामीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रहेको र कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलको नेता रहेको कुरा राख्यौं’ बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पत्रकारहरुसित भने ।

‘प्रधानमन्त्रीजीले विश्वासको मत दिएकोमा सबै दलहरुलाई धन्यवाद दिनुभयो। अर्को सत्तापक्ष र प्रतिपक्षबारे पनि केही कुरा राख्नुभयो । कांग्रेस संसदीय प्रतिनिधि सभामा, राष्ट्रिय सभामा प्रमुख विपक्ष दलको रुपमा रहेको छ। र, हाम्रो पार्टी सभापति, पूर्वप्रधानमन्त्री माननीय शेरबहादुरजीले प्रमुख विपक्ष दलको नेताको हैसियतमा हुनुहुन्छ भनेर आफ्ना कुराहरु राख्यौँु, उनले भने, ुप्रधानमन्त्रीजीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा सहमति गरेर अगाडि बढ्न सकिने कुरा राख्नुभयो। हामीले कांग्रेस संघीय संसदमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दैगर्दा र प्रमुख प्रतिपक्षकै रुपमा कार्यरत रहने गरेर राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुख संविधानको पालना, संरक्षण र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने बतायौँ। सबै दलको र सबै नेपाली जनताको संस्था र नेता भएर बस्नुपर्ने पदहरुमा छलफल गर्न तयार छौँ भनेका छौँ।’

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रपति, सभामुख, उपराष्ट्रपति र उपसभामुखको विषयमा समेत छलफल भएको नेता लेखकले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले यी संवैधानिक पदहरुमा सहमति गर्न सकिने विषय बैठकमा राखेका थिए । ‘हामीले प्रमुख प्रतिपक्षी दलको रुपमा कायम रहने गरी यस विषयमा छलफल गरेर जान सकिन्छ भन्यौं’ प्रधानमन्त्रीलाई दिएको जवाफ सुनाउँदै कांग्रेस नेता लेखकले भने ।

कांग्रेसले सरकारलाई समर्थन गरेको भन्दै नेपाल मजदुर किसान पार्टीले प्रमुख विपक्षी दलको मान्यता आफूले पाउनुपर्ने दाबी गरेको छ ।

नेमकिपाका सांसद प्रेम सुवालले आफूले प्रमुख विपक्षी दलको नेताको मान्यता नपाए सर्वोच्च अदालत जाने चेतावनी समेत दिइसकेका छन् । यस्तो स्थितिमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले आफू नै प्रमुख प्रतिपक्षी दलको नेता भएको दाबी प्रस्तुत गरेका हुन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको आह्वानमा सरकारलाई विश्वासको मत दिने दलहरुको सर्वदलीय बैठक (तस्बीरहरु)

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com