ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक, ५ गते निर्वाचन हुने, घिमिरे कि विद्या भट्टराई ?


ABC NEWS

काठमाडौं ३ माघ । प्रतिनिधि सभाको सभामुख चयन गर्न संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यतालिकाअनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन्।

सत्ता गठबन्धनमा भएको समझदारी अनुसार एमाले सांसद सभामुख बन्नेछन् । एमालेबाट सभामुखका लागि झापा देवराज घिमिरे कि कास्की कि विद्या भट्टराई भन्ने बहस भइरहेको छ । यस अघि इच्छा राखेका उपमहासचिव पृथ्वी सुव्वा गुरुंग र सचिव छविलाल विश्वकर्मालाई अध्यक्ष ओलीले प्रस्ताव गर्ने सम्भावना सकिएको एक स्थायी समिति सदस्यले बताए । अध्यक्ष ओलीले परराष्ट्रमन्त्री बनाउने चर्चामा रहेकी विद्या भट्टराईले आफू मन्त्री नबन्ने भनेपछि भट्टराई नै सभामुख हुने बताइएको छ ।

एक जनाभन्दा बढीको उम्मेदवारी परेमा सभामुख चयन गर्न बिहीबार मतदान हुने छ।

सत्तारूढ गठबन्धनको भागबन्डामा सभामुख एमालेको भागमा परेको छ। सत्ता गठबन्धनका एकजुट हुँदा गठबन्धनका उम्मेदवारको पक्षमा सजिलै बहुमत पुग्ने देखिन्छ।

एमालेबाट सांसद देवराज घिमिरे सभामुख उम्मेदवार बन्ने प्रबल सम्भावना छ।

सभामुख बन्ने दौडमा एमाले सांसदहरू पृथ्वीसुब्बा गुरूङ, विद्या भट्टराई, छविलाल विश्वकर्मा पनि छन्।

‘तर अध्यक्षज्यूले घिमिरेलाई उम्मेदवार बनाउने सम्भावना बढी छ,’ एक एमाले नेताले भने।

घिमिरे झापा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्। एक पटक राष्ट्रिय सभा सदस्य भएका घिमिरे पहिलो पटक प्रतिनिधि सभामा आएका हुन्।

‘लो प्रोफाइल’मा बस्न रुचाउने घिमिरे जनतामा भन्दा कार्यकर्तामाझ धेरै लोकप्रिय छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com