ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी तेस्रो प्रयासमा निर्वाचित


ABC NEWS

धनगढी ३ माघ । सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा उनले २९ मत पाएर बहुमत प्राप्त गरेका हुन् ।

यसअघि लगातार दुई पटक भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेर सभामुख चयनमा सकस भएको सुदूरपश्चिममा तेस्रो पटकको मतदानबाट सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका सांसद भण्डारी निर्वाचित भएका हुन् । उनी बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ९२० बाट निर्वाचित सांसद हुन् ।

मंगलबार भएको मत विभाजनमा भण्डारीले २९ मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन २७ मत आवश्यक हुन्छ । सत्ता गठबन्धनका साझेदार दलहरु माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपाका एक सांसदले उनलाई सघाएपछि उनी निर्वाचित हुन सफल भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार मानबहादुर रावलले २० मत प्राप्त गरेका छन् । रावलको मतदानमा भने चार जना सांसद अनुपस्थित रहेका थिए ।

पहिलो दिन पुस २८ गते भएको मतदानमा एक मत नपुगेर भण्डारी निर्वाचित हुन सकेका थिएनन् । मतदानमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र एमाले सांसद चक्र मल्ल अनुपस्थित तथा एक मत बदर भएको थियो ।

दोस्रोपटक शनिबार पुनः मतदानमा पनि गठबन्धनका उम्मेदवार भण्डारीको पक्षमा २२ मत आएको थियो । दोस्रो दिन नागरिक उन्मुक्तिका ७ जना सांसदहरु तटस्थ बसेपछि अघिल्लो दिनको मतभन्दा पनि घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com