ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा डवल इन्जिन जहाजका ५० दुर्घटना, पोखरामा अहिलेसम्मकै त्रासदीपूर्ण दुर्घटना (मानवीय क्षति विस्तृत)


ABC NEWS
माघ १, २०७९ आईतबार  ९ : २३ बजे

 

काठमाडौं १ माघ , नेपालमा भएका जहाज दुर्घटनामध्ये आन्तरिकतर्फ अहिलेसम्मकै धेरैको मृत्यु भएको छ।

आइतबार बिहान काठमाडौंबाट साढे १० बजे उडेको ९ एनएएनसी जहाज पोखरा महानगरपालिका–१५ स्थित सेतीको खोँचमा दुर्घटना भएको हो। उक्त जहाज १०स्५० मा दुर्घटना भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकका अनुसार दुई इन्जिन जहाज दुर्घटनामा अहिलेसम्मकै धेरैको ज्‍यान गुमेको हो।

जहाजमा ४ चालक दलसहित ७२ जना सवार थिए। जसमध्ये ६९ जनाको शव फेला परिसकेको छ। तीन जनाको शव अझै पनि अज्ञात छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले उद्धार तथा खोजतलासको काम गरिरहेको छ।

नेपालमा योसहित दुई इन्जिजका ५० वटा जहाज दुर्घटनामा परिसकेका छन्।

यसअघि जहाज दुर्घटनामा सबैभन्दा धेरै ३५ जनाको मृत्यु भएको थियो। १९६९ जुलाइ १२ मा नेपाल एयरलाइनसको जहाज हेटौंडा नजिकै दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ।

पछिल्लो समय सन् २०२२ मे २९मा तारा एयरको जहाज मुस्ताङको टिटी घासा क्षेत्रमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो।

सन् २०१९ सन् अप्रिल १४ मा लुक्ला एयरपोर्टमा भएको समिट एयर दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो।

समिट एयरकै कार्गो जहाज सन् २०१७ मे २७ मा लुक्लामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो।

सन् २०१६ फेब्रुअरी २४मा तारा एयरको जहाज म्याग्दीमा दुर्घटना भएको थियो। त्यस दुर्घटनामा २३ जनाले ज्यान गुमाएका थिए। अन्तर्राष्ट्रिय जहाजतर्फ नेपालमा १० दुर्घटना भएका छन्।

त्यस्ता दुर्घटनामा सबैभन्दा धेरै १६७ जनाको मृत्यु भएको छ।

१९९२ सेप्तेम्बर २८मा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको जहाज ललितपुरको भट्टेडाँडामा दुर्घटना भएको थियो।

सन् १९९२ मा थाइ एयरवेजको जहाज घ्याङफेदीमा दुर्घटना हुँदा ११३ जनाको मृत्यु भएको थियो।

पछिल्लो समय सन् २०१८ मार्च १२मा युएस बंगालको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com