ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद् विस्तार माघ ५ सम्म पुग्न सक्ने, साझेदार दलबाट मन्त्रालयमा दोहोरो दावी


ABC NEWS

 

काठमाडौं २८ पुस । सत्तासाझेदार दलहरूले प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् पूर्णतालाई प्राथमिकतामा राखे पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन अझै एक हप्तासम्म लाग्ने देखिएको छ। सरकारमा सहभागी हुने दलको संख्या निश्चित नभएको र समर्थन गर्ने दलका आ–आफ्नै शर्त र दावीले गर्दा मुख्य सत्तासभाmेदार दलका नेताहरु प्रचण्ड र केपी शर्मा ओली नहतारिने मुडमा पुगेका छन् । दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी छलफल अघि बढाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपीको ओलीको बताए पनि सभामुखको निर्वाचनसम्म मन्त्रिपरिषद् विस्तार लम्विने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिएर सरकारको काम र सेवाप्रवाह तीव्र ढंगले अघि बढाउन चाहन्छन् । तर सत्ता साझेदारदलहरुका बीचको आन्तरिक झमेलाले अवरोध र्जिना भएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र समेत रहेको गोर्खाबाट फर्किएलगत्तै प्रधानमन्त्री प्रचण्डले बुधबार साँझ एमाले अध्यक्ष ओलीलाई भेटेर मन्त्रिपरिषद्को पूर्णतासहित शक्ति बाँडफाँट टुंग्याउन आग्रह गरेका छन ।

प्रचण्ड–ओलीबीचको डेढ घन्टा लामो छलफलमा दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी साझेदार दलहरूसँग छलफल अघि बढाउने समझदारी गरेपनि त्यसस्तो हुने सम्भावना कम देखिएको छ ।

५ माघमा सभामुखको निर्वाचन तोकिएकाले पनि बढीमा तीन–चार दिनभित्रै शक्ति बाँडफाँट प्याकेजमै टुंग्याउनुपर्ने दबाबमा सत्तासाझेदार दलहरू छन् ।

अहिलेसम्म सरकारलाई एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी माग पूरा नभएसम्म सरकारमा नआउने सर्त राखेर प्रतिपक्षी बेन्चमा बसेको र विश्वासको मत दिएको एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डसँग अलग्गै छलफलमा रहेकाले मन्त्रिपरिषद्मा सामेल हुने सम्भावना कम छ ।

बिहीबारबाटै शक्ति बाँडफाँटकेन्द्रित छलफल गर्ने सत्तासाझेदार दलहरूको तयारी छ । बिहीबारबाट मात्र मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटकेन्द्रित छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘विश्वासको मतका कारण दायरा फराकिलो भएकाले प्रधानमन्त्री सकभर समर्थन गरेबाहेकका दललाई पनि समेटेर अगाडि बढ्नुपर्छ भन्ने सोचमा हुनुहुन्छ,’ प्रचण्डको स्वकीय सचिव रमेश मल्लले बताए ।

शक्ति बाँडफाँटमा साझेदार दलहरूबीच औपचारिक छलफल सुरु नभए पनि अहिले रहेको २२ मन्त्रालयभन्दा बढी संख्यामा उनीहरूले दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सांसद संख्याको अंकगणित जे–जति भए पनि एक–दुईवटा मन्त्रालयमा ‘कम्प्रमाइज’ गरेर समर्थन गर्ने सबै दललाई मिलाएर लैजाने समझदारी छ । अहिलेसम्म एमालेले ८, माओवादीले ६ मन्त्रलायल राखेर अरू मन्त्रालय बाँडफाँट गर्ने प्रचण्ड र ओलाीले समझदारी गरेका छन् ।

दलका मन्त्रालयमा आआफ्नै दावी

माओवादी : परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, उर्जा

एमाले : रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र

राष्ट्रिय स्वतन्त्र पार्टी : श्रम, रोजगार तथा सामाजिक, शिक्षा विज्ञान तथा प्रविधि वा स्वास्थ्य तथा जनसंख्या वा युवा तथा खेलकुद

राप्रपा : ऊर्जा, जलस्रोत तथा सिँचाइ, वन

जसपा : परराष्ट्र, सहरी विकास तथा गरिबी निवारण

जनमत पार्टी : उद्योग वाणिज्य तथा आपूर्ति
दाबी नपरेका मन्त्रलाय
-खानेपानी तथा ससरसफाई,

-महिला बालबालिका,

  • कृर्षि

गोरखाबाट सिधै प्रधानमन्त्री प्रचण्ड बालकोट पुगे, कांग्रेसको विश्वासको मतबारे मन्थन

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com