ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड सवैभन्दा बढी लोकप्रिय प्रधानमन्त्री बने (विस्तृत रिपोर्ट)


ABC NEWS

 

काठमाडौं २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दा नेपाली कांग्रेसले २८ वर्ष अगाडिको नजिर दोहोर्‍याएको बताए पनि उतिबेलाको अहिलेको सन्दर्भ फरक रहेको छ ।
२०५१ सालमा संयुक्त सरकार बन् नसकेपछि एमालेको तत्कालीन अल्पमतको सरकारलाई नेकाले सविश्वासको मत दिएर सरकारलाई निरन्तरता दिएको थियो ।

२०५१ मा मनमोहन प्रधानमन्त्री हुँदा दुईतिहाइ अर्थात् १९८ सांसदले विश्वासको मत दिएका थिए।

२०५१ मा मनमोहनलाई दुईतिहाइ दिँदा कांग्रे सभापतिमा गिरिजाप्रसाद कोइराला थिए। अहिले प्रचण्डलाई समर्थन गर्दा सभापतिमा शेरबहादुर देउवा छन्।

कांग्रेस कार्य सम्पादन समितिको मंगलबार संसद भवनमा बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिने र प्रतिपक्षमा बस्ने नेका सभापति शेरबहादुर देउवाले संसदमा घोषणा गरे ।

देउवाको नेकाका निर्णयमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले असहमति जनाएका छन्।

उतिबेला नकाले एमलो अध्यक्ष मनमोहन अधिकारीलाई विश्वाकसो मत दिएको थियो भने अहिलेकेही समय अघिसम्म नेकाकै गठबन्धनमा रहेका पुष्पकमल दाहाल प्रचण्ड छन् । प्रचण्डसंग एमाले सहितका बहुमत सांसदको समर्थन पहिल्यै रहेको छ । यस पटक नेकाले दिने विश्वासको मतले सरकार ढल्ने र बच्ने हुने अवस्था छैन ।

२०४८ सालको आम चुनावमा बहुमत ल्याएको कांग्रेसले पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि तीन वर्षमै संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको थियो।

मध्यावधि निर्वाचनमा एमालेले ८८ सिट जितेर पहिलो दल बन्ने मौका पायो। कांग्रेसले ८३ सिट जितेको थियो।

दोसैो संघीय निर्वाचन पछिको सरकार गठनको अवस्थामा एमालेसहित ७ दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थन लिएर १० पुसमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका दलबाट विश्वासको मत पाउन सफल भए।

४ मंसिरको चुनावमा कांग्रेसले ८९ सिट जितेको नेका भने सकारलाई समर्थन गरेर प्रतिपक्षमा हुत्तिएको छ । प्रमुख प्रतिपक्षको विश्वासको मत पाएपछि प्रचण्ड लोकप्रिय प्रधानमन्त्री बन्न सफल भएका छन् ।

 

चुनावमा ७ दल मात्र राष्ट्रिय पार्टी बन्न सफल हुँदा पहिलो पटक चुनाव लडेको राष्ट्रिय स्वतन्त्र पार्टी २० सांसद जिताउन सफल भएको छ ।

प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी प्रतिनिधि सभामा २७५ सांसद छन्।

पछिल्लो चुनावमा १२ राजनीतिक दलबाट २७२ र तीन स्वतन्त्र सांसद निर्वाचित भए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com