ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार जनताको सेवक हो, मालिक होइन : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS
पुस २६, २०७९ मंगलबार   २ : ००   बजे

 

 

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक सेवा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले विभिन्न सरकारी निकायमा देखिएका बेथिति र ढिलासुस्तीमा सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् ।

विभिन्न सेवा लिन लामा लाइन लाग्ने गरेको उल्लेख गर्दै हरेक नागरिकले सरकार आफ्नो अभिभावक महसुस हुनेगरी काम गर्ने बताए । उनले भने, ुसरकार मालिक होइन, जनताको सेवक बन्नुपर्छ । सरकारहरू फेरिररहने तर जनताको जीवनस्तर नफेरिने चित्र अब बदल्नु छ । सरकार अब सुनिने, देखिने,जनताले अनुभव गर्ने सेवक बन्नु छ ।

प्रदेश र संघमा आवश्यक कर्मचारी थप्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यातायात व्यवस्था सेवा, सामुदायिक विद्यालय, सरकारी अस्पतालमा देखिएका समस्या तत्काल समाधान गर्ने बताए ।
प्रचण्डले आफू केवल फोटो झुन्ड्याउन मात्र प्रधानमन्त्री नभएको बताएका छन्। संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भन् पहिलोपटक प्रधानमन्त्री हुँदा केही अलमल र पार्टीसिभत्रको संघर्षले जनताको आशा पूरा हुन नपाएको हो ।

प्रचण्डले आफू दुईपटक प्रधानमन्त्री हुँदा ९–९ महिनाको कार्यकाल हुँदा धेरै कुरा सिकेको बताए ।

“पहिलो पटक प्रधानमन्त्री हुदा न मसँग अनुभव थियो । न टिम थियो, विभाजित मनोदशा र पार्टीभित्रकै संघर्षमा म बढी रुमलिएँ । सिक्दासिक्दै भित्र र बाहिरका घेराबन्दीसँग जुद्धाजुद्धै एउटा अप्रिय अवस्थाबाट मैले राजीनामा दिनुपर्ने अवस्था आयो,” उनले भने ।

त्यस्तै दोस्रो कार्यकालमा मधेशलाई संविधान कार्यान्वयमा विश्वास लिने प्रयास गरेको बताए ।

“दोस्रो कार्यकाल वैदेशिक सम्बन्धमा ठूलो उतारचढाब आएको बेला सुरु भयो । मधेश आन्दोलनमै थियो । संविधानको सफल कार्यन्यवनमा धेरै विश्वास जागिसकेको थिएन । संविधान संशोधनको प्रयासबाट मैले मधेशलाई विश्वासमा लिने कोशिष गरेँ,” उनले भने ।

प्रधानमन्त्रीले दोस्रो कार्यकालमा मूल्य वृद्धि नियन्त्रमा राखिएको, लोडसेडिङ अन्त्य भएको बताए । छोटो कार्यकाल सफल रहेको समेत बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group