ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्युवाको पक्षमा काम गरेकी अमेरिकालाई सबैभन्दा बढी क्षति पुर्‍याउनेु जासुस रिहा


ABC NEWS

 

 

बीबीसी । क्युबाको पक्षमा जासुसी गरेकोमा दुई दशक अघि दोषी ठहर भएकी एक जना अमेरिकी महिला टेक्ससको बन्दी गृहबाट रिहा भएकी छन्।

हाल ६५ वर्षकी पुगेकी उनले गुप्तचर विश्लेषकको रूपमा कार्यरत रहँदा गोप्य सूचनाहरू क्युबालाई उपलब्ध गराउने गर्थिन्।

अधिकारीहरूले उनले अमेरिकाले क्युबाको बारेमा जानेका लगभग सबै कुरा र अमेरिकी गुप्तचरहरूको परिचयसमेत सार्वजनिक गरिदिएको टिप्पणी गरेका छन्।

उनले आफू दोषी भएको स्विकार्दै ल्याटिन अमेरिकाबारे अमेरिकी नीतिका कारण त्यसो गर्न प्रोत्साहित भएको बताएकी थिइन्। उनले वासिङ्टनले क्युबामाथि लगाएको प्रतिबन्धलाई अमानवीय र अनुपयुक्त भएको बताएकी थिइन्।

कसरी पक्राउ परेकी थिइन ?

राष्ट्रपति जर्ज डब्ल्यु बुसको कार्यकालमा गुप्तचरी निकायका प्रमुख रहेकी मिसेल भान क्लिभले सन् २०१२ मा कंग्रेसलाई मोनटेसले ‘हामीले क्युबाका बारेमा थाहा पाएका सबै थोक र हामी त्यहाँ कसरी काम गर्छौँ भन्ने कुरा पुर्‍याइदिएको’ बताएकी थिइन्।

“त्यही भएर क्युबालीहरूलाई हामीलाई उनीहरूको बारेमा थाहा भएका सबै कुरा जानकारी थियो र त्यसलाई उनीहरूले आफ्नो अनुकूलतामा प्रयोग गर्न सक्थे। साथीहरूसँगको कुराकानीमा उनी क्युबाबारे अनुमानहरूलाई प्रभावित पार्न सक्थिन् र उनले आफूले प्राप्त गरेका सूचना अरू शक्तिहरूलाई दिने अवसर पनि पाइन्।”

पक्राउ परेपछि मनटेसमाथि चार जना गुप्तचरहरूको परिचय र ठूलो परिमाणमा गोप्य सामग्रीहरू उपलब्ध गराएको आरोप लागेको थियो। उनलाई २५ वर्षको जेल सजाय तोकिएको थियो।

फैसला सुनाउने न्यायाधीशले उनले ‘सम्पूर्ण देशलाई जोखिममा पारिदिएको’ आरोप लगाएका थिए। तर शीतयुद्धको समयमा पक्राउ परेका अन्य उच्च पदस्थ गुप्तचरहरू भन्दा पृथक् मोनटेसले व्यक्तिगत लाभभन्दा पनि विचारधाराबाट प्रभावित भएर ती कदम चालेकी थिइन्।

क्युबाको गुप्तचर निकायसँग काम गर्न उनले सहमति जनाउनुको आंशिक कारण ल्याटिन अमेरिकालाई लिएर रेगन प्रशासनले अँगालेको नीतिप्रतिको उनको विरोध थियो।

किन क्युबालाई गोप्य सूचना दिइन ?

रक्षामन्त्रालयको इन्स्पेक्टर जेनेरलको एउटा प्रतिवेदनले अमेरिकाले निकारागुवामा युद्ध अपराध र कैयौँ मानवअधिकार उल्लङ्घनका जघन्य कसुर गरेको एउटा दक्षिणपन्थी विद्रोही समूह कन्ट्रासलाई समर्थन गरेकोमा उनी आक्रोशित भएको विश्वास गरेको छ।

निकारागुवामा अमेरिकी कदमप्रति आक्रोश व्यक्त गरेपछि प्रारम्भिक रूपमा उनलाई जोन होप्किन्स विश्वविद्यालयका एक जना सहकर्मी विद्यार्थीले सम्पर्क गरेका थिए।

पछि उनलाई न्यूयोर्क शहरमा एक जना क्युबाका गुप्तचरसँग परिचय गराइएको थियो। उक्त प्रतिवेदनका अनुसार निकारागुवालाई मद्दत गर्न ‘कुनै हिच्किचाहट बिना’ क्युबालीसँग काम गर्न सहमति जनाइन्।

अर्को वर्ष उनी हवाना तालिमका लागि गएकी थिइन्। त्यसपछि उनी डिफेन्स इन्टेलिजेन्स एजेन्सीमा आबद्ध भइन् जहाँ पछि उनी उक्त टापुको कम्युनिस्ट सरकारबारे वरिष्ठ विश्लेषकको पदसम्म पुगिन्।

लगभग दुई दशकसम्म उनले निरन्तर आफूसँग सम्पर्कमा रहेका क्युबाका जासुसलाई केही हप्ताको अन्तरालमा वासिङ्टन डिसीस्थित रेस्टुराँमा भेटिन र पेजरका माध्यमबाट साङ्केतिक भाषामा सम्प्रेषित अति गोप्य सूचनाहरू उपलब्ध गराइन्। उनलाई सर्ट वेभ रेडियोको माध्यमबाट आदेशहरू उपलब्ध गराउने गरिन्थ्यो।

अमेरिकी गुप्तचर अधिकारीहरूले एक जना सरकारी कर्मचारी क्युबाको पक्षमा जासुसी गरिरहेको हुनसक्ने गोप्य सूचना पाएपछि उनी सन् २००१ को सेप्टेम्बरमा पक्राउ परेकी थिइन्।

उनलाई पक्राउ गर्ने एक जना एफबीआई एजेन्टले मोन्टेस पक्राउ पर्दा उदासीन देखिएको बताए।

रिहा भएपछि उनी पाँच वर्ष निगरानीमा नै रहनेछिन भने उनले प्रयोग गर्ने इन्टरनेटलाई नै निरीक्षण गरिनेछ।

उनलाई सरकारी निकायमा काम गर्न प्रतिबन्ध लगाइएको छ र स्वीकृति बिना विदेशी जासुसहरूलाई भेट्न निषेध गरिएको छ।

मोन्टेसलाई पक्राउ गर्ने एक जना एफबीआइ एजेन्ट पिट ल्यापले सीबीएस न्यूजसँग कुरा गर्दै उनले क्युबाका जासुसहरूसँग सम्पर्क गर्ने सम्भावना नरहेको बताएका छन्।

“उनको जीवनको त्यो कालखण्ड समाप्त भयो। उनले तिनीहरूका लागि जे गर्नु गरिसकिन्। म उनले आफ्नो स्वतन्त्रता गुमाउने कुरा सोच्न सक्दिनँ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

  काठमाडौँ १५ माघ । राहदानी विभागले सोमबारबाट एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि इनरोलमेन्ट)को व्यवस्था गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै विभागले दैनिक १

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

  काठमाडौं १५ माघ । सर्वोच्च अदालतको फैसलासँगै एकसाथ चार पद गुमाएका रवि लामिछानेले पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियत के हुन्छ भन्ने बारे विज्ञहरु जुन

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

  काठमाडौँ १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था

सम्बन्धित

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

परराष्ट्रमन्त्री विमला राईको पहिलो विदेशभ्रमण श्रीलंकाको हुने

प्रचण्डको पहिलो विदेशी पाहुनका रुपमा अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com