ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलियो हुँदै छ ल्याटिन अमेरिकाको लोकतन्त्र


एन्द्रेस भेलास्को

केही समयअगाडि पेरूका राष्ट्रपतिले संसद् (कंग्रेस) भंग गर्ने प्रयास गरे, अर्जेन्टिनाका उपराष्ट्रपति धोखाधडीका मामिलामा दोषी पाइए अनि ब्राजिलका तत्कालीन राष्ट्रपतिले चुनाव हारे पनि पद नछोड्ने धम्की दिए । भेनेजुएला र निकारागुआमा तानाशाहीको सुदृढीकरणका साथै साल्भाडोरका राष्ट्रपतिको संवैधानिक प्रावधानका बर्खिलाप पुनः चुनावमा भाग लिने उद्घोष गरे । यी सबलाई हेर्दा ल्याटिन अमेरिकाको लोकतन्त्र खतरामा परेको हो कि जस्तो देखिन्छ ।

तर, नजिकबाट नियाल्दा परिदृश्य अर्कै देखिन्छ । कंग्रेस भंग गर्ने प्रयास गरेका पेरूका राष्ट्रपति संसद्बाट शान्तिपूर्ण रूपमा हटाइए । आफ्नो बगैँचामा ६ हप्ता मुर्मुरिँदै बिताएका ब्राजिलका निवर्तमान राष्ट्रपतिले डोनाल्ड ट्रम्प शैलीमा आफ्ना मुख्य सहयोगीमार्फत सत्ता निर्वाध रूपमा हस्तान्तरणको प्रक्रिया अघि बढाउने बताएका छन् । त्यसैगरी अर्जेन्टिनामा तमाम समस्याका बाबजुद शक्तिशाली सरकारी अधिकारीहरूलाई दोषी ठहर गर्न सक्ने न्यायाधीश भएकोमा अर्जेन्टियालीलाई कृतज्ञ हुने सुविधा छ, जुन कुरा रुस, चीन वा साउदीका जनताले कल्पनासमेत गर्न सक्दैनन् ।

अहिलेको समय ल्याटिन अमेरिकाको उदारवादी लोकतन्त्रको निमित्त सबैभन्दा राम्रो समय नहुन सक्छ, तर यो सबैभन्दा खराब समय पनि होइन । संकट आए र गए पनि, तर यहाँका अधिकांश मुलुकमा लोकतन्त्रका संस्था र संस्कृति अनपेक्षित रूपमा सबल साबित भएका छन् ।

पेरूका महाभियोग लगाएर अपदस्थ गरिएका राष्ट्रपति पेड्रो कास्टिलो एउटा सानो नगरका शिक्षकबाट राष्ट्रपति हुने पहिले व्यक्ति रहे, साथै उनि एक जब्बर स्वाँठ र राष्ट्रपतिका लागि पूर्ण रूपमा अयोग्य पनि थिए । डेढ वर्षभन्दा कम अवधिमा उनले पाँचवटा क्याबिनेट र ८० भन्दा बढी मन्त्री फेरेका थिए । देशको मुख्य अभियोजनकर्ताले कास्टिलो र उनको परिवारका धेरै सदस्यलाई भ्रष्टाचारको आरोप लगाएपछि उनी तानाशाह हुन उद्यत् भएका थिए । तर, यो जुवा खेलाइले उनको अक्षमता मात्रै प्रदर्शन ग¥यो । उनले सशस्त्र बल र प्रहरीको समर्थन पनि जोगाउन सकेनन् अर्थात् दुवै बलका नेतृत्वले समर्थन नगर्ने घोषणा गरिदिए । उनकै मन्त्रिपरिषद्का सदस्यले पनि उनको सत्ताकब्जाको प्रयासलाई स्वीकार गरेनन् । उनलाई महाभियोग लगाई हटाएर गिरफ्तार गरिएको केही घन्टामै उपराष्ट्रपति डिना बोल्वार्टेले पेरूको पहिलो महिला राष्ट्रपतिका रूपमा शपथग्रहण गरिन् ।

कास्टिलोका समर्थकले सडकमा उत्रिएर विरोध प्रदर्शनसमेत गरे जहाँ छिटफुट रूपमा हिंसा पनि भए । यसका बाबजुद बोल्वार्टेले तालिकाभन्दा करिब दुई वर्षअगाडि नै अप्रिल २०२४ मा अर्काे आमनिर्वाचन गराउने प्रस्ताव राखिन् र कांग्रेसले त्यस प्रस्तावलाई पारित ग¥यो । यति हुँदा पनि सडकमा सुरक्षा संयन्त्रका कुनै ट्यांक देखिएनन्, अर्थात् देशको राजनीतिक भविष्यबारे सतर्कताका साथ आशावादी रहने ठाउँ जीवितै छन् भन्न सकिन्छ ।

ब्राजिलमा राष्ट्रपति जयर बोल्सोनारोको लोकतन्त्रविरोधी धम्कीले उत्पन्न गरेको डरले मध्यपन्थी राजनीतिज्ञ तथा उद्योग, व्यापार क्षेत्रका नेताहरूलाई वामपन्थी उम्मेदवार लुइज इनासियो लुला दा सिल्भालाई समर्थन गर्नबाट हच्काएको थियो । ब्राजिलको लोकतन्त्रको भविष्य यी दलका लागि दलीय प्राथमिकताभन्दा बढी महŒवपूर्ण देखियो । लुला १ जनवरीसम्म पदमै रहनेछन्, तर सत्ताको शान्तिपूर्ण स्थानान्तरणमा अवरोधको सम्भावना देखिँदैन ।

ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो हेनरिक कार्डाेसो सन् २०१० को दशकको भ्रष्टाचार काण्डबीच पनि ब्राजिलको लोकतन्त्रमा विकास भइरहेको छ भन्ने गर्थे । उनी विगतमा ‘कु’ मञ्चन गर्न सक्ने जनरलहरूको नाम सबैलाई थाहा हुन्थ्यो । अहिले कथित भ्रष्ट अधिकारीका चाप्लुसीमा लाग्ने न्यायाधीश र अभियोजकको नाम सबैलाई थाहा छ भन्थे । स्मरण रहोस्, लुलालाई भ्रष्टाचारको आरोपमा १२ वर्षको जेल सजाय भएको थियो (तर उनी सन् २०१९ अर्थात् पाँच सय ८० दिनमा केही प्राविधिक कारणले उनको सजाय खारेज गरियो) । उसो त बोल्सोनारो आफ्नो क्याबिनेटमा बर्दीधारीलाई स्थान दिएर कार्डाेसोलाई गलत साबित गर्न तम्तयार थिए, तैपनि अन्ततः लोकतन्त्रकै जित भयो ।

अर्जेन्टिनाको अर्थतन्त्र लगातार कमजोर भइरहेको मुद्रा विनिमयदरले पनि संकेत गर्छ । तथापि, लोकतान्त्रिक राजनीति सुरक्षित रूपमा कायमै छ । सन् २०२३ मा आमचुनाव हुन गइरहेको छ । वर्तमान मत सर्वेक्षणले यदि विपक्षी दलले संयुक्त मोर्चा बनाएर गए भने चुनाव जित्ने देखाउँछ ।

उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनर आफ्नो वर्तमान कार्यकाल सकिएपछि आफूले कुनै पनि पदमा उम्मेदवारी नदिने दाबी गर्छिन्, तर राजनीतिक विश्लेषक उनको यो कथनलाई सन्देहपूणै रूपमा हेर्छन् । किनभने किर्चनरले आफूविरुद्धको ठगीको पैmसलाविरुद्ध पुनरावेदन दिने जनाइसकेकी छिन् । पदमा रहिनन् भने उनी सहजै गिरफ्तारीमा पुग्नेछिन् । केही समयअगाडि हुन्थ्यो भने अर्जेन्टिनाको सत्तारूढ दलले अभियोजकलाई अपमान गरिसक्थ्यो वा आफ्ना अराजक कार्यकर्तालाई सडकमा परिचालन गरेर अशान्ति मच्चाइसक्थे । तर, अहिलेको सन्दर्भमा किर्चनर इभा पेरोनको पदचाप पछ्याइरहेकी छिन् अर्थात् आफूलाई न्यायिक ‘माफिया’बाट पीडित भएको देखाउने हरसम्भव प्रयास गर्दै छिन् ।

किर्चनर ल्याटिन अमेरिकामा अदालतसँग द्वन्द्व भएको एक मात्र व्यक्ति होइनन् । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरले अदालतले जनताको भन्दा पनि अज्ञात समूहहरूको हितमा काम गरेको आरोप लगाउँदै न्यायपालिका शुद्धीकरणको आह्वान नै गरेका छन् । जसरी ट्रम्प ‘वैकल्पिक तथ्य’मा निर्भर थिए ओब्राडोर पनि तथ्य–जाँच गर्न नसकिने ‘अन्य तथ्यांक’लाई देखाउँदै आफ्नो दाबीको पुष्टि गर्न खोज्थे । तर, हालै जब उनले नेसनल इलेक्टोरल इन्स्टिच्युट (आइएनई)लाई कमजोर बनाउन संविधान परिवर्तन गर्ने प्रयास गरे तब मेक्सिकन समाजले अति भयो भन्दै विरोध दर्ज गरेको छ । मेक्सिकोका बौद्धिक, नागरिक समाजले विरोध जनाउँदै कँयौँ चिठी र याचिका लेखेका थिए भने करिब अढाइ लाख मानिस मेक्सिकोसिटीको सडकमा उत्रेका थिए । हुँदाहुँदा सिनेटमा रहेका आफ्नै पार्टीका एक नेताले समेत सुधारका विरुद्ध मतदान गर्दै ‘म संविधानको रक्षा भएको मात्रै हेर्न चाहन्छु’ भने । यद्यपि, संविधान संशोधन गर्न आवश्यक बहुमत सुरक्षित गर्न नसके पनि ओब्राडोरले आइएनईको स्वायत्तता कमजोर बनाउन, बजेट कम गर्न र हालका कर्मचारीको ठूलो हिस्सा हटाउने विधेयकमा पर्याप्त समर्थन पाएका थिए । विपक्षीले यो विधेयकले संविधानको उल्लंघन गर्ने भएकाले यसका विरुद्ध सर्वाेच्च जाने बताएका छन् । मेक्सिकोको लोकतन्त्र कमजोर हुन खोज्दा मेक्सिकन लोकतन्त्रवादी भने सक्रिय भएका छन् ।

त्यसैगरी चिलीका लोकतन्त्रका समर्थकले सन् २०१९ को अन्त्यमा संवैधानिक सुधारको प्रक्रिया सुरु गरेर हिंसात्मक सडक प्रदर्शनको अन्त्य गरेका थिए । नयाँ संविधान निर्माणको पहिलो प्रयास असफल भए पनि अर्काे प्रयासमा संविधान ल्याउन अधिकांश दल सहमत भएका छन् । चिलीमा सन् १९८० मा जनरल अगस्टो पिनोसेले अनुमोदन गरेको संविधानलाई प्रतिस्थापन गर्दै सन् २०२३ को अन्त्यसम्ममा नयाँ संविधान आउने सम्भावना छ ।

उदार लोकतन्त्र संविधान, कानुन र संस्थाहरूमा बाँच्छ । त्यसभन्दा पनि बढी उदार लोकतन्त्र जनताको मनमस्तिष्कमा बस्छ । कैयौँ कमी–कमजोरीका बाबजुद ल्याटिन अमेरिकाका करिब ७० करोड मानिसका निमित्त लोकतन्त्र स्वाभाविक शासन प्रणाली भएको छ । लोकतन्त्रको विकल्पका सम्भावना खिइँदै छन् । सन् २०२२ को भयावह वर्ष अन्त्य हुँदै गर्दा, यो क्षेत्रका लोकतन्त्रको सबलता पर्याप्त रूपमा उत्साहजनक देखिएको छ ।

(भेलास्को चिलीका पूर्वअर्थमन्त्री हुन् र यसअघि राष्ट्रपतिको उम्मेदवार थिए)

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

काठमाडौं, २४ माघ । निर्वाचनपश्चात नयाँ सरकारको बनेको ४२ दिनमै पूनः सरकार अस्थिर अवस्थामा पुग्ने संकेत देखिएको छ । सरकारमा दलहरुबीचको सहमतिमा बनेको गठबन्धन सरकारबाट

सम्बन्धित

‘प्रचण्ड–ओली’ गठबन्धन सरकारमा किन गडबढ भइरहेको छ ? दोषी को हो ?

नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तै छटपटीमा देखिन्छ – केपी ओली (संसदमा गरेको सम्वोधन पूर्णपाठ)

देशको दुश्मन नेपाली मिडिया हो : रवि लामिछाने

रास्वपा सस्तो लोकप्रियताबाट उदाएको प्रतिक्रियावादीलाई सेवा गर्ने पार्टीः माधव नेपाल (११ पार्टीबारे एसको धारणा)

माधव नेपालको प्रतिवेदन दुखैदु:खको पोको : ‘कांग्रेस घमण्डी – माओवादी सत्ताकेन्द्रित र एमाले दक्षिणपन्थी’ (पूर्णपाठ)

रबिलाई राज्यले फसायो कि रबिले देश र जनतामाथि धोकाधडी गरे ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com