ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल टी–२० क्रिकेट लिग म्याचफिक्सिङको गम्भीर आरोपमा, दुई जना सीआईबीको नियन्त्रणमा (भिडियोसहित)


एबीसी न्यूज
पुस २०, २०७९ बुधबार  १० : ०४ बजे

काठमाडौं, २० पुस । नेपाल टी–२० क्रिकेट लिग म्याचफिक्सिङको गम्भीर आरोपमा घेरिएको छ । लिग प्रारम्भदेखि नै विवादमा आइरहेको थियो । विवादकैविच पेलेर क्रिकेट एसोसिएसन अफ नेपालले भारतीय कम्पनीसँगको साझेदारीमा भइरहेको नेपाल टी–२० क्रिकेट लिग म्याच फिक्सिङको गम्भीर आरोपमा घेरिएको छ ।

लिगको प्रसारण सम्बन्धी साझेदार नै अनलाइन जुवामा सक्रिय रहनु, खेलको नतिजाबारे सामाजिक सञ्जालमार्फत जुवा सञ्चालन हुनु अनि लिगसँग जोडिएका व्यक्तिले म्याच फिक्सिङको गम्भीर आरोप लगाउनुले लिग गम्भीर विवादमा तानिएको छ । टी२० लिगमा म्याच फिक्सिङको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान थालेको छ । यद्यपी, क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै लिग आयोजना गरिरहेको छ । काठमाडौँमा जारी नेपाल टि–२० क्रिकेट प्रतियोगितामा मगंलबार बिहान विवादास्पद बन्यो । बिहान ८ः३० बजेदेखि सुरु हुने पहिलो खेल काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल २ घण्टापछि सुरु भयो । पारिश्रमिक नपाएको भन्दै नेपाल टि–२० लिगका खेलाडीहरुले खेल खेल्न मानेका थिएनन् ।

बिहान ८ः३० बजे सुरु हुने खेलमा दुवै टोलीका कप्तानले टस गर्न नमानेपछि खेल विवादमा परेको हो । दुबै टोलीले प्लेइङ–११ मा नाम दर्तासमेत गराएका छैनन् । क्यानको आयोजनमा सञ्चालन भएको टि–२० लिगमा ६ टोली सहभागी छन् । फ्रेन्चाइज टोलीले आफूले पाउने रकम नपाएको भन्दै खेल नखेल्ने निर्णय गरेका थिए तर दुई घण्टा लामो विवादपछि फ्रेन्चाइज टोली र खेलाडीबीच रकमबारे सम्झौता भएपछि खेल पुनः सञ्चालनमा आएको हो । त्यस्तै टि–२० लिगको सुरुआतबाटै कमेन्ट्री गर्न सुरु गरिरहेका सचिन तिमल्सिनाले नेपाल टि–२० लिगमा म्याच फिक्सिङ भएको आरोप लगाए ।

सचिनले लिगमा हुने फिक्सिङले खेलको नतिजामा असर नपर्ने भए पनि खेलको बीचमा हुने क्रियाकलापमा असर पर्ने गरी फिक्सिङ भइरहेको बताए । नाम नचेलका र नसुनिएका व्यक्तिलाई ल्याएर कप्तान बनाइनु आफैँमा शंकास्पद भएको भन्दै उनले उत्कृत्ट ब्याटिङ र बलिङ गरिरहेका सिकन्दर राजा र सोमपाल कामीलाई हटाइनुले पनि थप पुष्टि गर्ने बताए । सञ्चालनमा आइरहेका सबै फ्रेन्चाईज लिगलाई बन्द गर्दै क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्सलाई आयोजनाको जिम्मा दिएको लिगमा पारिश्रमिक विषयमा पनि खेलाडीहरुले मैदानबाटै माग राखेको छन् । मंगलवारको खेल सुचारु हुनपूर्व क्यान पदाधिकारीले खेलाडीलाई आश्वासन दिँदै मैदान प्रवेश गर्न आग्रह गरेका थिए ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान एवं काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले टिम व्यवस्थापन र आयोजकसमक्ष पारिश्रमिकको माग क्यानसँग राखेको र बुधवारसम्म पारिश्रमिक दिलाउने आश्वासनपछि सहमति भएको बताए । कप्तान मल्लले फिक्सरले आफ्नो टिमका एक खेलाडीलाई म्याच फिक्सिङका लागि प्रस्ताव गरेको दाबी गरे । उनले काठमाडौँ नाइट्सका एक खेलाडीलाई अप्रोच गरेको र यसबारे अनुशासन समितिलाई जानकारी दिइसकेको बताएका थिए ।

यता, विराटनगर तथा नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले पनि आयोजक टिमसँग पारिश्रमिकको विषयमा कुराकानी हुन नसकेपछि क्यानसँग माग राखेको बताए । प्रतियोगिता बापतको परिश्रमिकको विषयमा खेलाडीले मैदानमा नै माग राख्नुले खेलाडीको क्रिकेट खेल्ने भावनामा ठेस लाग्ने गुनासो गरे ।

मंगलबारको घटनाले क्यानले आयोजना गरेको लिगको फितलोपन उजागर भएको छ । साथै आयोजकको जिम्मेवारी के कति हो भन्ने पनि प्रश्न उब्जिएको छ । आयोजनाको जिम्मा सेभेन थ्री स्पोट्र्सलाई दिने÷नदिने भन्ने विषयमा क्यान भित्रै खेमा बनिरहेको छ । विदेशी खेलाडी असन्तुष्ट हुँदै तालिका अगावै स्वदेश फर्किनु, परिश्रमिक सहमति अनुसार उपलब्ध नहुनले प्रतियोगिताबारे धेरै प्रश्न उठ्न थालेका हुन् ।

नेपाल टी२० लिगमा म्याच फिक्सिङको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान थालेको छ । मंगलबार म्याच फिक्सिङमा संलग्न रहेको आशंकामा सीआईबीले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछपछि कागजात गराएर छाडेको हो । सीआईबीले केही दिन अघिबाटै म्याच फिक्सिङको आशंकामा छानबिन थालेको थियो । सीआईबीले अनुसन्धान गरिरहेकै अवस्थामा मंगलबार घटना सार्वजनिक भएको हो । लिगको प्रसारण सम्बन्धी साझेदार नै अनलाइन जुवामा सक्रिय रहनु, खेलको नतिजाबारे सामाजिक सञ्जालमार्फत जुवा सञ्चालन हुनु अनि लिगसँग जोडिएका २ व्यक्तिले म्याच फिक्सिङको गम्भीर आरोप लगाउनुले लिग गम्भीर विवादमा तानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

सम्बन्धित

म्याड्रिड डिजाइन फेस्टिवल जारी

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com