ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कठ्याङ्ग्रिदो चिसोका कारण जनजीवन कष्टकर : भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित


एबीसी न्यूज
पुस २०, २०७९ बुधबार  ८ : ४९ बजे

काठमाडौं, २० पुस ।  कठ्याङ्ग्रिदो चिसोका कारण देशभर जनजीवन प्रभावित बनेको छ । आज पनि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा हुस्सु कुहिरो बाक्लो छ । हुस्सु कुहिरोकै कारण आज पनि भिजिभिलिटी अर्थात दृश्य क्षमता घटेको छ । भिजिबिलिटी कम हुँदा आन्तरिकतर्फको उडान भने ठप्प भएको छ । पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा हुस्सु कुहिरो बाक्लो छ। हुस्सु कुहिरोकै कारण भिजिभिलिटी कम भएकाले कुनै पनि आन्तरिक उडान भएका छैनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले सबै आन्तरिक उडान प्रभावित भएको हो।

आन्तरिक उडान प्रभावित भए पनि त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फको उडान भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयका अनुसार क्रमिम रूपमा मौसम खुलिरहेकाले उडानहरू केही समयपछि सुरू हुने क्रममा रहेको छ । आज पहाडी जिल्लाको मौसम आंशिक बद्ली हुने अनुमान गरिएको छ भने हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमवद् सजिना शाक्यले जानकारी दिनुभयो । यस्तै, तराईका जिल्लामा दिउँसोसम्म नै बाक्लो हुस्सु कुहिरोको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

चिसो बढेसँगै देशभरको जनजीवन प्रभावित हुन थालेको छ । कठ्याँग्रिदो चिसोका कारण तराईका धेरैजसो विद्यालयमा बिदा दिइएको छ । घरबाट बाहिर निस्किएर काम गर्नै समस्या भएको छ । चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक र मजदुरी गर्नेहरु मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सम्बन्धित

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com