काठमाडौं । भारतीय हतियारधारीहरु दक्षिण सीमा नाका हुँदै नेपाल प्रवेश गर्नबाट सुरक्षाकर्मीले रोकेका छन् । सुरक्षाका हिसावले संवेदनशील मानिएको सीमा नाकामा तैनाथ सशस्त्र प्रहरी बल नेपालबाट खटिएका सुरक्षाकर्मीले हतियारधारीलाई नियन्त्रणमा लिएका हुन् ।
बाराको पचरौता नगरपालिका ४ स्थित बीओपीबाट खटिएको गस्ती टोलीले आइतबार साँझ साढे ६ बजे भारतको मोतियारी घर भएका एक व्यक्तिलाई सात राउण्ड गोलीसहितको पेस्तोल नियन्त्रणमा लिएका हुन् ।
मोतियारीका ४० वर्षीय चन्दन कुमारको साथबाट तीन गोली लोड रहेको पेस्तोल र चार राउण्ड थप गोलीसहित नियन्त्रणमा लिएको हो ।
उनको हाउभाउ शंकास्पद देखिएपछि उनलाई गस्ती टोलीले सोधपुछ गर्दै बडी सर्च गरेको थियो । उनको कम्मरमा पेस्तोल भेटिएपछि उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए ।
उनलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई बुझाउने तयारी गरेको छ ।







प्रतिक्रिया दिनुहोस्