ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्ड भन्छन्- पोखरामा एयरपोर्ट बनाउन चीनसँग धेरैपटक कुरा गरें


abc tv
पुस १७, २०७९ आईतबार   ५ : ०३   बजे

पोखरा, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आफूले चीनसँग धेरैपटक पहल गरेको बताएका छन् । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलकाे उद्घाटन गर्दै उनले भूमिगत राजनीतिबाट सार्वजनिक भएसँगै पोखराको विमानस्थल निर्माणमा पहल गरेको दावी गरे ।

‘शान्ति सम्झौतामा आएदेखि नै लगातार यो विमानस्थल निर्माणका लागि संवाद गर्दै आएको थिएँ । निर्माणका लागि भएका आन्दोलन र अनसन र त्यसलाई तोड्न भूमिका खेलेको छु । सबैका सपना आज पूरा भएको छ,’ उनले भने, ‘आजको जमानामा आवश्यक पर्ने भनेकै कनेक्टिभिटी हो । हाम्रो लागि हवाई कनेक्टिभिटी प्रमुख विषय हो । यसका लागि मैले पटकपटक चिनियाँ दूतावास र चीन सरकारसँग कुरा गरेको छु । चीन भ्रमणमा जाँदा तत्कालीन महासचिव हु जिन्ताओ र हालका महासचिव सि चिन फिङसँग प्रत्यक्ष कुरा गरेको थिएँ ।’

उनले अब कुरा नगरी काममा लाग्ने दोहोर्याए । ‘मैले अहिले गण्डकी प्रदेशकै प्रतिनिधिको रुपमा प्रधानमन्त्री बनेको छु । सामाजिक न्याय, सुशासन र विकासका लागि काम गर्ने प्रतिबद्दता जनाएको छु,’ उनले भने, ‘मैले बाँकी जीवन यही कामका लागि व्यतित गर्नेछु । छिट्टै निजगढ विमानस्थल निर्माणको प्रक्रिया थाल्ने विश्वास व्यक्त गर्दछु ।’ उनले चीनतर्फको नाका खोल्न र रेलमार्ग अध्ययन छिटो सक्न चीन सरकारसँग आग्रह पनि गरे ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भ्रष्टाचारको डंगुरलाई सफा गर्दै समाजवादको यात्रामा अघि बढ्ने बताए । राजनीतिक स्थायित्व, सुशासन र विकासमा एकजुट रहेको र यसमा कसैले रोकन नसक्ने उनले बताए । ‘अर्थतन्त्रमा समस्या छन्, तर समाधान काबु बाहिर छैन,’ उनले भने, ‘अर्थतन्त्रलाई लयमा फर्काउने छौं ।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण समय सञ्चालनका लागि सहयोग गर्ने वचनबद्दता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group