ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राम्रो बाहेक केही नगर्ने सरकार नीति हो – प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
पुस १७, २०७९ आईतबार  १२ : ४७ बजे

काठमाडौं, १७ पुस । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो गर्ने, राम्रो बाहेक नगर्ने रहेको बताएका छन्। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरुलाई निवास बालुवाटारमा निर्देशन दिँदै उनले सो कुरा बताएका हुन्। प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताउनुहुँदै गर्न चाहे हुने रहेछ भन्ने आभाष जनतामा दिलाउन सकिने बताए। ‘दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर हुन्छ राम्रो गर्नु पर्दछ। आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो।

मध्यपहाडी लोकमार्गदेखि उत्तर–दक्षिण कोरिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन्। अहिले नेपाल त्यतै हिँडिरहेको छ। तर ती माओवादीले गरेका परियोजना भनेर स्थापित भने भएका छैनन्।’ प्रधानमन्त्री प्रचण्डले भने। अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र उज्यालो नेपाल जस्ता विकास कार्यक्रममा माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उनको भनाइ थियो।

कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने र समाजवादी फोरम बनाउने चर्चा परिचर्चा चलिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो। कर्णाली प्रदेशमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेकोमा खुसी व्यक्त गर्नुहुँदै सो क्षेत्रको विकासका लागि वर्तमान सरकारको ध्यान रहेको बताए।

प्रधानमन्त्रीले कर्णालीमा बन्ने आगामी सरकारले कर्णालीका जनताका निम्ति र कर्णाली प्रदेशका निम्ति आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्न निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सम्बन्धित

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com