ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई वर्ष ९ दिन पछि शीर्ष नेताहरु एकै ठाउँमा, पुनः कम्युनिष्ट एकता विषय सकारात्मक बन्दै (भिडियोसहित)


एबीसी / संवाददाता
पुस १४, २०७९ बिहीबार  १ : ४० बजे

काठमाडौं, १४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाललाई सरकारमा ल्याउने पहल थालेपछि पूनः कम्युनिष्ट एकता विषय सकारात्मक रूपमा अघि बढेको छ । प्रतिनिधिसभा विघटनपछि फुटेको कम्युनिष्ट नयाँ सरकारगठनपछि फेरि जुट्ने संकेत देखिएको हो । २०७७ पुस ४ पछि पहिलो पटक दुई वर्ष ९ दिन पछि शीर्ष नेताहरु एकै ठाउँमा आउन लागेका छन् । ओलीले संसद विघटन गरेपछि वाम सरकारसँगै नेकपा पनि विघटन भएको थियो । यसरी २ वर्षभन्दा धेरै समयपछि फेरि सरकारमा नेपालका कम्युनिष्टहरु एकै ठाउँमा आउन लागेका हुन् ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट बाहिरिएर प्रचण्ड प्रधानमन्त्री बनेपछि नेकपाका शीर्ष नेताहरुबीच भेटघाट बाक्लिएको छ । यसले प्रतिनिधिसभा विघटनपछि फुटेको कम्युनिष्ट एकता फेरि जुट्ने संकेत बढेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई भेट्न उनको निजी निवास ललितपुरको खुमलटार पुगे । एमाले अध्यक्ष ओली करिब २ वर्षपछि प्रचण्ड निवास खुमलटार पुगेका हुन् । ५ पुस २०७७ मा संसद् विघटन गर्नु अगाडि तत्कालीन प्रधानमन्त्री ओली तत्कालीन नेकपाका अध्यक्ष रहेका प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । संसद् विघटनपछि दुई नेताको सम्बन्ध व्यक्तिगत रुपमै तिक्ततापूर्ण रह्यो । यद्यपि अहिले राजनीतिक परिस्थितिसँगै समीकरण पनि फेरियो । ४ मंसिरमा सम्पन्न प्रतिनिधि निर्वाचनपछि दोस्रो ठूलो दल बनेको एमालेकै समर्थनमा संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् । ७ दल सम्मेलित सत्ता गठबन्धनमा शक्ति बाँडफाँटको विषयमा छलफल जारी रहेका बेला ओली प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेका हुन् । ओलीलाई भेट्नु अगाडि बुधबार बिहान प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । यसअघि ओली निवास बालकोटको बार्दलीमा दुवै नेताले हात हल्लाएका थिए । गत आइतबार प्रधानमन्त्री नियुक्त हुनुअघि बालकोटमा अन्तिम सहमति भएको थियो । त्यसपछि ओली र प्रचण्डले बालकोटको बार्दलीबाट हात हल्लाएका थिए ।

बालकोटको बार्दली भने २०७८ असार २८ देखि चर्चामा आएको हो । प्रधानमन्त्रीबाट बाहिरिएपछि त्यसदिन बालुवाटारबाट बालकोट पुगेका ओलीले आफ्नै निवासको बार्दलीमा उभिएर कडा अभिव्यक्ति दिएका थिए । उनले माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको बताएका थिए । तत्कालीन नेकपाको बेला निकै बाक्लिएको यो जोडिको भेटघाट नेकपा विघटनपछि बोलचाल नै बन्दहुने गरी हराएको थियो । प्रधानमन्त्रीका लागि कांग्रेसबाट साथ नपाएका प्रचण्डलाई ओलीले साथ दिएपछि यो जोडीको पुनर्मिलन भएको हो । कांग्रेससँगको गठबन्धन टुटाएर ओली र प्रचण्ड एकठाउँमा उभिएपछि फेरि वाम एकताको चर्चा समेत चलिरहेको छ । सत्तारुढ माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफूहरुले मिलेर सरकार चलाउने बताएका छन् । नेता शर्माले नेपालमा राजनीतिक दलहरु फुटको चरणबाट अघि बढेको उल्लेख गर्दै अव एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको बताए ।

त्यस्तै अर्का सत्तारुढ नेकपा (एमाले)का नेता प्रम बहादुर सिंले संवैधानिक, कानुनी र राजनीतिक सबै हिसावले बामहरु एक ठाउमा आएर सरकार बन्ने बताएका छन् । मंगलबार राति नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल र अध्यक्ष माधव नेपालको भेटमा सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो । यसैबीच, सोमबार दिउँसो वामदेव गौतमले अध्यक्ष नेपालसहितका नेतासँगको भेटमो नेपाललाई गठबन्धनमा जाँदा राम्रो हुने सुझाव दिएका थिए । आइतबार शीतलनिवासमा भएको शपथग्रहण समारोहमा ओली र नेपाल सँगै बसेका थिए । त्यसक्रममा ओलीले नेपालको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । निमोनियाका कारण केही दिनअघि अस्पताल भर्ना भएका नेपाललाई स्वास्थ्यमा ख्याल गर्न ओलीले सुझाव दिएका थिए । एमाले विभाजनपछि दुवै नेताबीच पहिलो पटक संवाद भएको थियो ।

दुवैबीच आरोप–प्रत्यारोपको लामो शृंखला चलेको थियो । नवौं महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गरेका ओली र नेपालबीच एमाले हुँदै नेकपासम्म चर्को अन्तरद्वन्द्व थियो । ओलीले संसद् विघटन गर्दा दाहाल र नेपालले त्यसविरुद्ध कानुनी उपचार खोज्नेदेखि सडक संघर्षसम्मका कार्यक्रम आयोजना गरेका थिए । २०७७ भदौ २ मा नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएसँगै ओली र नेपालबीचको साढे ४ दशक लामो राजनीतिक सहकार्य टुटेको थियो । २०७७ पुस ४ गते सांझ तत्कालीन प्रधानमन्त्री ओलीले आफुमाथि लगाएको १९बुँदे फिराद पत्र फिर्ता लिन प्रचण्डलाई आग्रह गर्न गएका थिए । प्रचण्डले त्यो आरोप पत्र फिर्ता नलिएपछि भोलिपल्ट पुस ५ गते ओलीले संसद विघटन गरेपछि वाम सरकारसँगै नेकपा पनि विघटन भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नयाँ सरकारमा एकीकृत समाजवादी समेत सहभागी हुने भएपछि पुनः नपालका सबै कम्युनिष्ट पार्टी एकै ठाउँमा हुन सक्ने सम्भावन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सम्बन्धित

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com