ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यकाका सडक तथा फुटपाथ जलमग्न (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, १२ पुस ।

मेलम्चीको पानी उपत्यकाका विभिन्न ठाउँमा चुहावट हुदा सडक जलमग्न भएको छ । करिब साढे तीन सय ठाउँमा चुहावट भएकोमा ९० ठाउँमा मर्मत भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । पुरानै वितरण प्रणालीबाट घरको धारामा वितरण गरिदा मेलम्चीको पानी चुहावट भएको जनाइएको छ । यसरी ठाउँ–ठाउँमा भएको चुहावटले कयौं सडक तथा फुटपाथ जलमग्न बनेका छन् ।

दुई दशकभन्दा लामो समयको मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यका भित्रिए पनि यसका विविध पक्षमा समस्या देखिदै आएको छ । मंसिर २९ गतेदेखि पुरै क्षमतामा १७ करोड लिटर पानी उपत्यकाका घरका धाराहरुमा छोडिएको थियो । तर, पुरानै प्रणालीमा पानी वितरण हुदा ठाउँ–ठाउँमा पाइप तथा जडान फुटेकाले सडक एवम् फुटपाथ जलमग्न भएका छन् । मेलम्चीको पानी उपत्यकाको धारामा छोेडिएको १३ दिनमा मात्रै साढे तीन सय ठाउँमा चुहावट भएको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले यसरी चुहावट भएको ९० भन्दा ठाउँमा मर्मत भइसकेको जनाएको छ । पुरानै प्रणालीमा भोलुम थपिदा पाइपमा प्रेसर बढेको र यसको अनुगमन भइरहेको केयुकेएलले जनाएको छ । पानी वितरणमा जति ढिला भयो यसको घाटा केयुकेएललाई पनि रहेको प्रवक्ता प्रकाश राईले बताउदै आएका छन् ।

केयुकेएलले दैनिक वितरण हुने तालिका सार्वजनिक गरिसकेको छ । हाल नयाँ पाइपलाइन विस्तार र परीक्षणको काम भइरहेकाले पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण भएको हो । नयाँ वितरण प्रणाली अनुरुप करिब छ सय किलोमिटर पाइपलाइनमा मात्र परीक्षण गरिएको जनाइएको छ । चार सय किलोमिटर पाइपलाइनको परीक्षण बाँकी छ । मेलम्चीको पानी काठमाडौं आएपछि हाल १० किलोमिटर थप पाइपलाइन परीक्षण भएको छ । केयुकेएलले असारसम्म नयाँ पाइपलाइनको विस्तार तथा परीक्षण गर्ने र साउनदेखि नयाँ पाइपलाइनबाट पानी वितरण हुने बताएको छ । कलंकी, धुम्बाराही, कपन र मण्डीखाटार क्षेत्रमा पाइपलाइन बिछ्याउने काम भइरहेको छ । विसं. २०७८ चैतमा पानी आउनुअघि जम्मा सय किलोमिटर नयाँ वितरण लाइनमा ट्यांकरको पानी हालेर परीक्षण गरिएको थियो । बाइट…
अहिले काठमाडौंको न्युरोड, सोह्रखुट्टे, पकनाजोल, लाजिम्पाट, लैनचौर, रत्नपार्क, अनामनगर, बानेश्वर लगायतका क्षेत्रमा खानेपानीको पाइप तथा जडान फुट्दा मुख्य सडक जलमग्न भएको हो ।

ललितपुरको लगनखेल, सातदोबाटो, एकान्तकुना, पुलचोक, जावलाखेल लगायतको सडकखण्डमा चुहावट भएको छ । केयुकेएलले हाल खुमलटार, मीनभवन, अनामनगर, बाँसबारी, महाँकालचौर, महाराजगन्ज र बालाजुको पानीपोखरीबाट पानी वितरण गरिरहेको हो । कीर्तिपुरमा भने पानीपोखरीबाहेक अन्य ठाउँबाट वितरण भएको हो । बल्खुचोकमा मर्मतको काम भइरहेकाले कीर्तिपुर ट्यांकीबाट पानी वितरण हुन अझै समय लाग्नेछ । एकै सडकको दशभन्दा बढि ठाउँबाट पानी चुहावट हुदा सवारी आवगमन तथा पैदाल यात्रुलाई असहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com