ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा शासन कालकामा भएका बद्मासीका फेहरिस्त यस्ता छन्, के के हुन त देउवाका बद्मासी ? (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, ९ पुस । देशका प्रमुख राजनीतिक दलहरु आ–आफ्नो नेतृत्वमा सरकार गठनको अंकगणितमा जुटेका छन् । निर्वाचन सम्पन्न भएलगत्तै बसेको सत्ता गठबन्धनको बैठकमा हाल कायम रहेको गठबन्धन सरकारलाई अघि बढाउने किसिमको छलफल भएको छ । निर्वाचन मतपरिणाम अनुसार प्रतिनिधिसभाको प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी नेपाली कांग्रेसले कुल ८९ र नेकपा एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी कुल ७८ सिट ल्याएको छ । खासगरी, यी दुई ठूला दलहरु कांग्रेस र एमाले कसको नेतृत्वमा सरकार बन्ने भन्ने रस्साकस्सीमा लागेका छन् ।

कसैलाई पनि यसपटक जनताले स्पष्ट बहुमत दिएनन तर, पहिलो पार्टी बनेको नेपाली काँग्रेसले सरकार गठनका लागि गठबन्धनभित्र शक्ति बाँडफाटमा लागेका छन् । तर, नेपाली काँग्रेसले सरकारको नेतृत्व गरेपनि प्रधानमन्त्री पुरानै अनुहार दोहोरीने पक्का छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालभर प्रधानमन्त्री हुने अपेक्षामा नरहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई अचानक ‘चिट्ठा’ परेर सरकारको नेतृत्व गर्नपुगे । उनि प्रधानमन्त्री भएर १७ महिना सरकार चलाए । अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जे–जस्ता आरोप लागेका थिए, देउवा नेतृत्वको कार्यकालमा ती आरोप छुटेनन्, दोहोरिए । प्रतिनिधिसभा विघटनको घटनालाई बिर्सने हो भने शासकीय थिति भत्काउने र मनमौजी शासन चलाउने मामिलामा देउवा ओलीलाई पनि पछि पर्न सफल भए । २८ असार, २०७८ मा सर्वोच्च अदालतले प्रतिनिधिसभाको दोस्रो विघटन बदर गरेको भोलिपल्ट देउवा प्रधानमन्त्री भएका थिए ।

प्रधानमन्त्री भएको एक महिनाभित्र उनलाई संसदबाट विश्वासको मत लिने चुनौती थियो । देउवाले अध्यादेशबाट राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरिदिए र एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गर्ने तयारीमा रहेका माधव–झलनाथ खनालको पद अप्ठेरो नहुने बन्दोबस्त गरिदिए । आफ्नो सत्ता नटिक्ने भएपछि ओलीले संवैधानिक व्यवस्था नै अप्ठेरो पर्ने गरी प्रतिनिधिसभामाथि प्रहार गरेका थिए, देउवाले त्यही रवैया अपनाए । उनको यो कार्यशैली नयाँ सरकार गठन तयारीका क्रममा समेत जारी छ । किनभने, सरकारका लागि बहुमत जुटाउन फौजदारी अभियोग लागेकाहरूलाई कैदमुक्त गर्न उनले अध्यादेशमार्फत फौजदारी कानुन नै संशोधनको प्रयास गरेका छन् । सरकार गठनताका आफूलाई बहुमत पु¥याइदिन सहयोग गरेका एमालेका असन्तुष्ट सांसदहरूको पद बचाउन देउवाले राजनीतिक दलसम्बन्धी ऐन संशोधन हुने गरी अध्यादेश जारी गरे, जसको आधारमा एमाले फुटाउन सजिलो भयो र एकीकृत समाजवादीमा आवद्ध सांसदहरू पदमुक्त हुनुपरेन । प्रतिस्पर्धी दल फुटाएर आफ्नो कुर्सी बलियो पार्ने प्रयास लोकतन्त्रको आधारभूत मूल्यमान्यता विपरीत थियो । त्यसमा देउवा किञ्चित हिच्किचाएनन् । गत असारमा देउवाले संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरे । विधेयकमा तत्कालीन ओली सरकारले ल्याएका अध्यादेशको व्यवस्थासँग हुबहु मिल्दोजुल्दो प्रावधान राखिएको थियो ।

विपक्षी दलले असहयोग गर्दा संवैधानिक परिषद्को बैठक नै बस्न नसक्ने अवस्थाबाट पार पाउने बहानामा ओलीले जे गरेका थिए, देउवाले त्यसैलाई पछ्याए । प्रतिनिधिसभाको नयाँ निर्वाचन भएर केही सातामै अर्को सरकार गठनको तयारी हुँदा समेत प्रधानमन्त्री देउवाको यो रवैया रोकिएन । उनले प्रतिनिधिसभामा बहुमत जुट्ने आशामा फौजदारी अभियोग लागेका र अदालतबाट दोषी करार भएका केही व्यक्तिलाई सहज हुने गरी फौजदारी कानुन संशोधन गर्ने गरी अध्यादेश जारी गरे । अध्यादेशमार्फत कारागारमा रहेका केही कैदीबन्दी रिहा भए नागरिक उन्मुक्ति, जनमत लगायतका दलहरूबाट समर्थन पाउने देउवाको आशा थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी नगरेका कारणले मात्रै देउवाको चाहना पूरा हुन पाएन । वरिष्ठ अधिवक्ता समेत रहेका पूर्व महान्यायाधिवक्ता रमेश बडाल, अहिलेको सरकारले मनोमानी रूपमा आफ्ना स्वार्थका विषयलाई अध्यादेशमार्फत कानुनी रूप दिन खोजेको बताउँछन् । सत्ता जोगाउने मामिलामा कुनै पनि संकोच नमानी पद्धति र प्रणाली नाघ्न तयार हुने देउवाको विशेषता नै हो । २०५१ सालदेखि अहिलेसम्मका सरकार गठन र संसदीय अंकगणितमा उनले देखाएको रवैया छैटौं पटक प्रधानमन्त्री हुँदा समेत कायम रह्यो । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारमा एउटा मन्त्री कोटा नै छुट्याइदिए । जबराका जेठान गजेन्द्र हमाल आपूर्तिमन्त्री बने पनि पदमा टिक्न नसकी राजिनामा दिए । नेपालको शासकीय इतिहासमा प्रधानन्यायाधीशलाई मन्त्री पदमा कोटा बाँड्ने प्रधानमन्त्रीमा आफ्नो नाम अंकित होला भन्ने मामिलामा देउवा किञ्चित हिच्किचाएनन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि दर्ता गरेको महाभियोग प्रस्ताव पाँच महिना पुग्दा समेत छलफल प्रक्रियामा अघि बढेन । प्रस्तावसँग सरकारको प्रत्यक्ष सरोकार त हुँदैन, तर प्रस्ताव पेश गरेका सत्तारुढ सांसदहरूले त्यसको छलफलका लागि तत्परता देखाएनन् । महाभियोगलाई पदबाट निलम्बन गर्ने र लामो समय अल्झाएर राख्ने अस्त्र बनाए । देउवा सरकारले गत असारमा पहिलो वर्ष कटाउँदै गर्दा नेपाल प्रहरीको हतियार खरिदमा एक चर्चित बिचौलियाको नाम जोडियो । उनकै जोडबलमा अर्थ मन्त्रालयले ८४ करोड रुपैयाँ रकमान्तर गरेर बजेट व्यवस्थापनदेखि सोझै हतियार खरिदको प्रक्रिया अघि बढाएको खुल्यो । प्रतिनिधिसभामा समेत प्रश्न उठ्यो । प्रहरीलाई अन्य बन्दोबस्तीका सामान आवश्यक भएका बेला हतियारमा नै जोड दिनुको कारण बिचौलियाहरूको प्रभाव थियो । त्यसको केही साताअघि बजेट निर्माणका क्रममा एक चार्टर्ड एकाउन्टेन्ट र पूर्व नासु संलग्न भएको विवरण सार्वजनिक भएको थियो । आफूमाथि संगीन आरोप लागेपछि अर्थमन्त्री शर्माले राजिनामा दिए । संसदीय छानबिन समितिले जाँचबुझ र छानबिनका आधारभूत प्रक्रिया पूरा नगरी प्रतिवेदन तयार ग¥यो ।

विवादमा परेका मन्त्री राजिनामाबाट बाहिरिएर फेरि मन्त्रालय सम्हाल्न पुगेको यो दुर्लभ घटना हो । अहिले गल्फ मुलुकलगायत नेपाली श्रमिकहरूको बाहुल्य रहेका मुलुकहरूबाट रेमिट्यान्स रोकिएको छ । अहिले तस्करी र हुण्डी मौलाएको छ । राजस्व चुहावट, भ्रष्टाचार र कर छली गरेको रकम हुण्डीमार्फत व्यवस्थापन गर्ने काम भइरहेको छ ।’ उनी भन्छन्, ‘नेपाली श्रमिकबाट आउनुपर्ने रेमिट्यान्स कैयौं विकसित मुलुकमा पठाएर लगानी भइरहेको छ । सम्पत्ति शुद्धीकरण नियन्त्रण सम्बन्धी कार्यक्रममा भाग लिन केही महिनाअघि विदेश भ्रमणमा रहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेम भट्टराईको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भयो । मुलुकको प्रतिनिधित्व गरी विदेश भ्रमणमा रहेका बेला राज्यकै साख खस्कने गरी कुनै निकायको प्रमुखको सरुवा गर्ने राजनीतिक शक्तिकेन्द्रका पछाडि मुख्यसचिव शंकरदास बैरागी निरीह बने । बजेट निर्माणदेखि अरू प्रक्रियामा सरकारले गरेका काम उसको साख गिराउने खालका थिए । निश्चित कम्पनीहरूलाई लाभ हुने गरी आयकर, विद्युत् महसुल छुटदेखि निर्यातमा अनुदान तोकिने शैली देउवा सरकारको पालामा पनि यथावत् रह्यो । कतिसम्म भने, बजेट निर्माणमै करको दर हेरफेरमा अर्थ मन्त्रालय बाहिरका व्यक्ति र बिचौलिया संलग्न भएको आरोप लाग्यो । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको नियुक्ति त्यसको उदाहरण हो ।

ओली सरकारका पालामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको अनियमिततामा मुछिएका पौडेललाई यो सरकारले पनि रुचिमा राख्यो । ठूलो कर विवाद र राजस्व छलीका अनुसन्धान निष्प्रभावी भए ।प्रधानमन्त्री देउवाका नातेदारसम्म पहुँच बनाएका कर विवादमा परेका बिचौलियाहरू महान्यायाधिवक्ता कार्यालयमा निर्वाध आउजाउ गरिरहे । सरकारको ध्यान सेटिङ र कुर्सी व्यवस्थापन बाहेक अरूमा गएन । आफू जवाफदेही हुनुपर्ने निकायलाई बलियो भन्दा पनि कमजोर बनाउन सरकार क्रियाशील रह्यो । सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्षी दलको नेतृत्व हुनुपर्ने संसदीय अभ्यासलाई सरकारले पालना गर्न जरुरी ठानेन । समितिका सभापति एवं देउवाका विश्वासपात्र भरतकुमार शाहले सरकार विरुद्धका एउटा पनि उजुरी छानबिन गरेनन् । नयाँ सरकार गठन भएपछिको अवधिमा समिति निष्क्रिय जस्तै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com