ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर, नेपाल प्रहरीबाट बर्खास्त


एबीसी / संवाददाता
पुस ८, २०७९ शुक्रबार  ३ : ३९ बजे

काठमाडौं । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनी अहिले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत छन् ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएसँगै यादव नेपाल प्रहरीबाट बर्खास्तीमा परेका छन्।

सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यादवलाई दोषी ठहर गरको हो।

विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले यही पुस ५ गते यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

उनीमाथि प्रहरी नायव उपरीक्षकका रुपमा रुपन्देहीमा २०७० सालमा कार्यरत रहेका बेला भ्रष्टाचार आरोपसहित अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा हालेको थियो।

उनीमाथि एकातिर भ्रष्टाचार आरोप थियो भने लागु औषधसम्बन्धी एक मुद्दामा घुस लिएको आरोप पनि लागेको थियो। यो प्रकरणमा यादवसहित हवल्दार ढकबहादुर गुरुङ जोडिएका थिए। यो मुद्दासँगै उनीहरु निलम्बित भएका थिए।

तर यो मुद्दामा उनीहरुलाई विशेष अदालतले सफाइ दिएको थियो। त्यसपछि अख्तियार यो मुद्दा लिएर सर्वोच्च पुगेको थियो। सर्वोच्चले यो फैसला दिएको २ दिनसम्म यादव प्रहरीमै कार्यरत थिए। उनलाई प्रहरीले बिहीबार सेवाबाट हटाएको छ।

अख्तियारले यो २०७२ सालमा विशेष अदालतमा लगेको थियो। लामो समयको प्रतिक्षापछि सर्वोच्च अदालतले यसको छिनोफानो गरेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com