ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुख्यात हत्यारा जेलमुक्त हुँदा प्रहरीको ससम्मान बिदाइ, बलात्कार आरोपितलाई एयरपोर्टमै हतकडी


एबीसी / संवाददाता

काठमाडौं, ८ पुस ।  जीवनको झण्डै आधा समय जेलभित्र बिताएका सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त हुँदा प्रहरीले ससम्मान बिदाइ गरेको छ । शोभराजले मिडियालाई आफ्नो तस्बिर खिच्न नदिन गरेको आग्रह स्वीकार्दै प्रहरीले उनलाई लुकाएरै अध्यागमन विभाग पुर्‍याएको छ ।

यद्यपि नेपाल प्रहरीको आग्रह मान्ने स्ट्याइल बडो गज्जबको छ । यसरी नै यसअघि चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको थियो । त्यतिबेला विदेशमा रहेका लामिछानेले नेपाल फर्किनुअघि सामाजिक सञ्जालमार्फत अपिल गर्दै आफू प्रहरीसमक्ष आत्मसमर्पण गर्न तयार रहेको तर हतकडी नलगाउन आग्रह गरेका थिए ।

तर, सो अपिल प्रहरी सिधै खारेज गर्‍यो र भन्यो कानुन सबैका लागि बराबर हुन्छ । हतकडी नगाउन गरेको सन्दीपको अपिलमा आफू मिडियामा हतकडीसहित मिडियामा नपरूँ भन्ने नै थियो । यद्यपि प्रहरीले आरोपितलाई कुख्यात अपराधी सरह हतकडीसहित फिल्मी शैलीमा मिडियामा देखाउँदै हिरासतमा गरेको थियो ।

यहाँनिर कुरा सन्दीप र चार्ल्सको होइन कुरो प्रहरीले गर्ने पक्षपातपूर्ण व्यवहारको हो । कुख्यात हत्यारा चाल्र्सलाई मिडियाबाट जोगाएर विदेश पठाउन सक्ने प्रहरीले बलात्कार आरोपित रहेका लामिछानेलाई समेत ससम्मान जेलमा हिरासतमा लैजान पनि सकिने रहेछ ।

बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने फ्रान्सेली नागरिक शोभराजलाई सर्वोच्चले बुधबार जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश पठाउन आदेश दिएको थियो ।

कुख्यात हत्याराका रूपमा परिचित शोभराजले विक्रम संवत् २०३२ मा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए । शोभराजविरुद्ध भारत, थाइल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ।

शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको करिब समय जेलमा बिताएका छन्। नेपाल आउनुअघि सन् १९९७ सम्म उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए। तर जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

काठमाडौं, २४ माघ । निर्वाचनपश्चात नयाँ सरकारको बनेको ४२ दिनमै पूनः सरकार अस्थिर अवस्थामा पुग्ने संकेत देखिएको छ । सरकारमा दलहरुबीचको सहमतिमा बनेको गठबन्धन सरकारबाट

सम्बन्धित

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

ओलीको बाध्यता र प्रचण्डको आवश्यकतामा प्रधानमन्त्रीको पद उकुसमुकुस (भिडियो)

भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

भूकम्पले टर्की र सिरियामा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो, १२ हजारभन्दा बढी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com