ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देविका वन्दना र कुमार सानुको स्वरमा ‘ “तिम्रो मायाको सागरमा” सार्वजनिक


एबीसी / संवाददाता

काठमाडौं– साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना रहेको तथा चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको गीत “मायाको सागर” राजधानीमा एक भव्य समारोहबीच म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका देविका वन्दना र वलिउडका सुप्रसिद्ध गायक कुमार सानुको स्वर यस गीतमा सुन्न र हेर्न सकिन्छ । सार्वजनिक नयाँ युगल गीत दर्शक तथा स्रोताहरूले मनैदेखि मन पराउने आशा कार्यक्रममा उपस्थित सबैले बताइएको छ ।

विहिबार काठमाडौंमा प्रिमियर गरिएको ‘तिम्रो मायाको सागरमा‘’ गीतमा गायिका वन्दनासँगै बलिउडका सुप्रसिद्ध गायक कुमार सानुसँगको यो सार्वजनिक दोस्रो पटकको सहकार्यमा गीत रेकर्डिङ भएको हो । लोकप्रिय गायिका देविका वन्दना आफ्ना नयाँ युगल गीत मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । विहिबार काठमाडौंमा प्रिमियर गरिएको ‘तिम्रो मायाको सागरमा‘’ भिडियो आफूले सोचेभन्दा राम्रो भएको रचनाकार सुरेन्द्र महर्जन अमर र संगीतकार सन्तोष श्रेष्ठको भनाइ रहेको छ ।

भिडियो निर्देशक निकेश खड्काले गीतको भाव अनुसार आयुष्मान र प्रियंकाको जोडीलाई अभिनय गराएका छन् । गीतमा समावेश कुमार सानुको स्वर मुम्बईको कैलाशा स्टुडियोमा साउण्ड इन्जिनियर तथा रेकर्डिष्ट निरोज सिंहले रेकर्ड गराएको हो भने देविका वन्दनाको स्वरमा काठमाडौंको अकष्टिक स्टुडियोमा गरिएको हो । दरबारमार्गस्थित राइजिङ मलमा आयोजित गीतको म्युजिक भिडियो सार्वजनिक समारोहमा गायिका देविका वन्दनालाई शुभकामना व्यक्त गर्न गायिका संगीता राना प्रधान, अभिनेत्रीहरू शर्मिला मल्ल, वसन्धुरा भुसाल, निर्देशक मिलन चाम्स, गायक सचिन रौनियार, निर्देशक रोशन कुमार आदि उपस्थित थिए ।

गायिका देविका वन्दनाले गीतकार सुरेन्द्र महर्जन अमरका मायालु प्रेमिल शब्दहरूलाई सन्तोष श्रेष्ठको जादूमय संगीतले कर्णप्रिय बनाएको बताइन् । ‘हामीले निकै मेहनत गरेर यो गीत तयार पारेका छौं, गीत रोमान्टिक शैलीको बनेकाले भिडियोमा रोमान्टिक जोडीलाई नै अभिनय गराउनु पर्छ भन्ने लागेर प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीलाई अभिनय गराइएको हो, गायिका देविका वन्दनाको भनाइ छ । गीतको म्युजिक भिडियोमा अभिनेता आयुष्मान देशराज जोशी तथा अभिनेत्री प्रियंका कार्कीको रोमान्टिक जोडीलाई प्रस्तुत गरिएको छ ।

भिडियो हेरेपछि प्रतिक्रिया दिँदै अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक गीत सुन्नेबित्तिकै यसमा काम गरौं, गरौं भएको बताइन् । अभिनेता आयुष्मान देशराज जोशीले पनि गीतको मेलोडीले आफूलाई तानेको बताए । भिडियोमा काम गरिरहँदाको क्षण शब्दमा व्यक्त गर्नै नसकिने रोमाञ्चक रहेको अभिनेत्री प्रियंकाको भनाइ छ । गीत सार्वजनिक समारोहमा उपस्थित अधिकांश कलाकार तथा सञ्चारकर्मीहरूले गीतको खुलेर प्रशंसा गरेका छन् । गायिका देविका वन्दनाको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने विकास धमला यो भिडियो सम्पादक रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com