ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक सम्पत्ति जति लुटे पनि हुन्छ भन्ने गतिलो उदाहरण ल्याबरोटरी उच्चमाविले त्रिविको जग्गा कब्जा गरेर यस्तो नजिर स्थापित गर्यो (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं ७ पुस । देशकै सबैभन्दा जेठो विश्वविद्यालय । त्रिभुवन विश्वविद्यालय । उच्च शिक्षाको भरपर्दो माध्यम । विक्रम संवत् २०१६ सालमा स्थापना भएको यो विश्वविद्यालयले हजारौं जनशक्ति उत्पादन गरेको छ । विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका उत्कृष्ठ विश्वविद्यालयहरुदेखि अनुसन्धान केन्द्रसम्म सक्रिय रहेका छन् । यो विश्वद्यालयले वैज्ञानिकहरु उत्पादन गरेको छ, अनुसन्धानकर्ता जन्माएको छ । हजारौं शैक्षिक जनशक्ति उत्पादन गरेर देशको माग पनि धानेको छ । तर, विश्वविद्यालयको शैक्षिक हैसियत पछिल्ला दिनमा एकपछि अर्को गर्दै कमजोर बन्दै गएको छ । कमजोरीमा विश्वविद्यालयको के दोष होस । कमजोरी त विश्वविद्यालय संचालन गर्नेहरुको छ । १५४.७७ हेक्टर क्षेत्रफलमा फैलिएको त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय कार्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा सम्हाल्न नसक्दा एकतिहाइ क्षेत्रफल अतिक्रमणमा परेको  छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा १ सय ९ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा एउटा निजी विद्यालयले कब्जा गरेको धेरै वर्ष बितिसकेको छ । पहुँच, पावर र पैसा भएपछि सार्वजनिक सम्पत्ति जति लुटे पनि हुन्छ भन्ने गतिलो उदाहरण त्रिवि परिसरको यो जग्गा बनेको छ । करिब ५० बर्षदेखि ल्याबरोटरी उच्चमाविले त्रिविको जग्गा कब्जा गरेर यस्तो नजिर स्थापित गरेको हो । त्रिविले ल्याबरोटरी स्कुललाई जग्गा खाली गरिदिन पटक–पटक निर्देशन दिएको छ ।

तर, उच्चमाविले कुनै हालतमा ठाउँ नछाड्ने अडान लिएर त्रिवि परिसरभित्रै रहेका भवनहरु कब्जा गरेर विद्यालय सञ्चालन गर्दै आएको छ ।लामो समयदेखि त्रिविको जग्गा हडप्न दिने र भाडामा लगाउने काम त्रिविका पदाधिकारी, प्राध्यापक संघ र कर्मचारी संघको मिलेमतोमा हुदै आएको छ । त्रिभुवन विश्वविद्यालयको पूर्ण स्वामित्वमा रहेको जमिन अपचलन श्रृंखलामा जोडिएको अर्को ठूलो शैक्षिक तथा राजनीतिक गिरोह, जसले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको १ सय १२ रोपनी जग्गा वर्षौंदेखि दबाब र प्रभावमा कब्जा गरिरहेको छ । यो राजनीतिक आडमा सार्वजनिक सम्पत्ति जति लुटे पनि हुन्छ भन्ने गतिलो उदाहरण हो । त्रिभुवन विश्वविद्यालयका नाममा २०३३ सालपछि, विभिन्न स्थानमा जोडिएको जमिन अहिले भूमाफियादेखि विश्वविद्यालय कै कर्मचारी र प्राज्ञिक जनशक्ति प्राध्यापकहरूले ठेक्का पट्टामा लगाएर मनोमानी गरिरहेका छन् । यसरी विश्वविद्यालयको नाममा रहेको सम्पत्ति अपचलन अथवा दुरुपयोग गर्नेको सूची लामो छ । त्यसमा पनि विश्वविद्यालयको साख बढाउन अहोरात्र खटिनुपर्ने प्राध्यापक अथवा कर्मचारीले झनै खुलेआम विश्वविद्यालयको सम्पत्तिमा रजाँई गरिरहेका छन् ।

शैक्षिक माफियाको रजगज त झनै डरलाग्दो छ । पञ्चायतकालमा १२ वटा भवन अमेरिकी सरकारको सहयोगमा शिक्षा शास्त्र संकायमा अध्यन गर्ने स्नातक तथा स्नात्तकोत्तर तहका विद्यार्थीको प्रयोगात्मक कक्षा सञ्चालनका लागि निर्माण भएकाले ल्याव भवनका रूपमा नामकरण गरिएको थियो। सोही संरचना कब्जा गरेर एउटा राजनीतिक तथा शैक्षिक गिरोहले यी भवन त्रिविको पहुँचबाट फुत्काउने काम ग¥यो । त्यसपछि हालका प्रधानमन्त्रीको कार्यालयका मन्त्री उमेश श्रेष्ठको स्वामित्वमा रहेको लिटिल एन्जेल्स स्कुलकै व्यवस्थापनले २०६० साल यता ल्याबरोटरी उच्चमावि सञ्चालन गरिरहेको छ । उच्चमावि र त्रिविको यो विद्यालयमा कुनै सम्बन्ध छैन । सम्बन्ध मै नभएको निजी स्कुलले भोगचलन गरिरहेको विश्वविद्यालयको सम्पत्ति तत्काल फिर्ता लिनुपर्ने देखिन्छ । त्रिभुवन विश्वविद्यालयलाई शिक्षाको मन्दिर नबनाउंदासम्म यसरी नै शक्ति पहुमा भएकाहरुले जग्गा यसरी नै कब्जा गर्ने छ । र यस्तो अराजकता कायमै रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दाको सुनुवाइ आज

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको

विश्वासको मत लिँदै मुख्यमन्त्री रावल

काठमाडौँ,२५ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको र विश्वासको मत

राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन आज, को–को छन् प्रतिस्पर्धामा ?

काठमाडौँ, २५ माघ । रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदै छ । लुम्बिनी प्रदेशतर्फ एक राष्ट्रियसभा सदस्य पद रिक्त भएपछि उपनिर्वाचन गर्न

सम्बन्धित

गोरखा भर्ती सम्झौता पुनरावलोकन गर्न सरकारलाई सर्वोच्चको आदेश

नेपाललाई साढे सात अर्ब सहयोग दिने युएसएआइडीको घोषणा

प्रधानमन्त्री प्रचण्डको नेपाल र यादवसँग दुई घण्टा , सरकारमा सहभागि र समाजवादी मोर्चाबारे छलफल

प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल र उपेन्द्र यावदबीच भेटवार्ता

लोकसेवासहित रोकिएका सबै विज्ञापन खुला गर्न सर्वोच्चको परमादेश

चन्द्रागिरि हिल्समा आफूले सेयर लिएको पुष्टि गर्न रवि लामिछानेलाई कैलाश सिरोहियाको चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com