ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कस्ता महिलालाई मनराउछन् पुरुष ?


एबीसी न्यूज

काठमाडौं, । मानव सृष्टिका लागि महिला र पुरुष दुवै उत्तिकै महत्वपूर्ण एवं एक–अर्काका परिपूरक हुन् । यीमध्ये कुनै एकको अनुपस्थितिमा प्राकृतिक सृष्टि सञ्चालन सम्भव छैन तसर्थ महिलालाई पुरुष एवं पुरुषलाई महिलाको आवश्यकता पर्छ । त्यसैले पनि विवाह नामक संस्कार सम्पन्न गर्ने सनातन परम्परा छ । यसका लागि महिला–पुरुष दुवैले आफ्नो रुचिअनुरूप विपरीत लिङ्गी छनोट गर्छन् । यसमा कसैले सुन्दरता त कसैले बुद्धिमत्तामा जोड दिन्छन् अनि कसैले यी दुवैको संयोजन चाहन्छन् भने कतिपयले हरेक समय आफूअनुकूल चल्ने जीवनसाथी पनि चाहेका हुनसक्छन् ।

यहाँ पुरुषको रोजाइमा कस्ता महिला पर्छन् भन्ने जिज्ञासा शान्त पार्ने प्रयास गरिएको छ । श्रीमान्का लागि श्रीमतीको सौन्दर्यले महत्वपूर्ण अर्थ राख्छ तर सुन्दरता मात्र सबैथोक भने होइन । श्रीमान्ले श्रीमतीको सौन्दर्यभन्दा बढी अन्य कुरामा ध्यान पुर्‍याएका हुन्छन् । त्यस्ता केही विशेष गुण भएका महिलालाई सुन्दरता औसत मात्र भए पनि पुरुषले अत्यधिक रुचाउँछन् ।

संस्कार
पुरुषहरू सुन्दरभन्दा संस्कारी महिलालाई रुचाउँछन् । संस्कार नभएका तर सुन्दर महिलालाई रुचाइहाले पनि त्यो क्षणिक समयका लागि मात्र हुन्छ । हरेक पुरुषमा आफ्नी श्रीमतीले घरको रीतिरिवाज पालना गरून् र परिवारका आफूभन्दा ठूला सदस्यको सम्मानमा कुनै कसर नराखून् भन्ने चाहना हुन्छ । ठूल्ठूलो स्वरमा कुरा गर्ने, आफूभन्दा ठूलाको अपमान गर्ने तथा स्वेच्छाचारी महिला कहिल्यै पुरुषको रोजाइमा पर्दैनन् । श्रीमती संस्कारी नहुँदा आफूले लज्जित हुनुपर्ने हो कि भन्ने डर पुरुषको मनमा सदैव रहन्छ ।

पारिवारिक
श्रीमान्हरूको चाहना श्रीमतीले आफैंले जसरी आफ्ना आमाबाबुलाई पनि हृदयदेखि नै रुचाऊन् भन्ने हुन्छ त्यसैगरी घरका अन्य सदस्यलाई पनि उसैगरी प्रेमपूर्ण व्यवहार गरून् र कसैसँग द्वेष नलिऊन् भन्ने हुन्छ । आफ्नी श्रीमती असल गृहनिर्मातृको भूमिकामा रमाएको हेर्ने चाहना अधिकांश पुरुषमा पाइन्छ ।

मनको सुन्दरता
पहिलो हेराइमा शारीरिक सुन्दरतालाई महत्व दिने श्रीमान्हरू श्रीमतीको मनको सुन्दरतालाई प्रशस्त महत्व दिन्छन् । त्यसैले श्रीमान्हरू श्रीमतीको मन सुन्दर होस् भन्ने चाहन्छन् । सरलता, विनम्रता एवं राम्रो व्यवहारका कारण सबैको मन जित्न सक्ने महिलालाई पुरुषहरूले बढी रुचाउँछन् । झूटो एवं बनावटी कुरा गर्नेहरूलाई कसैले मन पराउँदैनन् ।

समझदार
सामान्यतया पुरुषहरू आफ्नो इसारामा चल्ने सुन्दर श्रीमती चाहन्छन् समझदार होइन भनिन्छ । तथापि यो सत्य होइन । पुरुषहरू समझदार, जिम्मेवारी निर्वाह गर्न सक्ने, हरेक समस्या हल गर्न सक्ने, हरेक निर्णयमा उचित सल्लाह दिन सक्ने श्रीमती चाहन्छन् ।

खाना बनाउन सिपालु
भनिन्छ, श्रीमान्को मन छुन पेटको मार्ग भएर हिँड्नुपर्छ । त्यसैले पनि सुन्दर महिलाभन्दा मीठो खाना बनाउन जान्ने श्रीमतीले सजिलै श्रीमान्को मनमा डेरा जमाउँछिन् । श्रीमती खाना बनाउन सिपालु भए श्रीमान्ले आफन्त एवं साथीभाइका अगाडि गर्व गर्न सक्छन् ।

आदर्श आमा
असल श्रीमती एवं बुहारीका साथै आफ्नी श्रीमती सन्तानका लागि असल आमा पनि बनून् भन्ने चाहना हरेक श्रीमान्मा हुन्छ । सन्तानको स्वास्थ्यदेखि लिएर पढाइ–लेखाइको पनि ख्याल राख्दै उनीहरूलाई संस्कारवान् बनाउन लागिपर्ने महिला सदैव पुरुषहरूको रोजाइमा पर्छन् ।

विपत्तिमा साथ
जीवन सुख–दु:खको सङ्गम हो । त्यसैले कहिलेकाहीँ दु:ख पनि आउन सक्छ । यस्तो बेलामा आफ्नी श्रीमतीले साथ दिऊन् भन्ने अपेक्षा हरेक पुरुषमा हुन्छ । त्यस्ती महिला पुरुषको नजरमा विश्वकै सुन्दर महिला बन्न सफल हुन्छिन् । यसका साथै आपत्तिका बेला हिम्मतपूर्वक काम गर्ने र पुरुषको कमजोरी नभै शक्ति बन्ने महिलालाई पुरुषहरूले असाध्यै रुचाउँछन् ।

अन्तरंगमा सक्रिय साथ
अन्तरंग वा यौनसम्बन्धमा सक्रिय एवं रुचिपूर्वक भाग लिने श्रीमतीप्रति हरेक श्रीमान् हृदयदेखि नै समर्पित हुन्छन् । सुन्दर एवं राम्रो फिगर भएका तर नखरा बढी गर्ने एवं सिर्जनशील यौनसम्बन्ध नरुचाउने महिलाहरू पुरुषको रोजाइमा पर्दैनन् । विभिन्न अनलाइन बाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com