ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदले पाउँछन् औषधिउपचारदेखि घरभाडाबापत यस्तो सुविधा (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं, पुष ७ ।

प्रतिनिधि सभामा सदस्यमा दुई सय ७५ जना सांसद निर्वाचित छन् । निर्वाचित सांसदले मासिक तलबभत्ता ६६ हजार ७० रुपैयाँसहित विभिन्न सेवा, सुविधा पाउँनेछन् । संघीय संसद सचिवालयले ज्येष्ठ सदस्यको शपथ ग्रहण लगायत सर्वदलीय बैठकको तयारी अघि बढाएको जनाएको छ । निर्वाचन आयोगले दिएको निर्वाचित सांसदको उमेरको आधारमा ज्येष्ठ सदस्यलाई सबैभन्दा पहिले राष्ट्रपतिले शपथ गराउने व्यवस्था छ । त्यसपछि, सबै दलहरुसँग सम्पर्क स्थापित एवम् बैठकको तयारी संसद सचिवालयले गर्छ । संसदको बैठक पुषभित्रै बसिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ बमोजिम दुई वा दुईभन्दा बढि दलहरु मिलेर सरकार गठन गर्ने अवस्थामा पुष १० गतेभित्र सरकार गठनको प्रक्रिया अघि बढाउन आव्हान गरिसकेको अवस्था छ ।

शपथको दिन कानुनको संग्रह, डायरी, झोला, कलम, शपथ राख्ने फाइल दिइनेछ । विगतमा सांसदको झोला दाताको सहयोगमा वितरण गर्ने गरिएकोमा यो पटक भने कुनै दातालाई गुहारिएको छैन । सांसदलाई दिइने डायरी छुट्टै छापिएको सचिवालयले जनाएको छ । सांसदलाई मासिक अथिति सत्कार भत्ता उपलब्ध गराइनेछ । नवनिर्वाचित सांसदले संसदमा जनताका आवाज उठाउने प्रतिबद्धता विजयपछि जनाउदै आएका छन् ।

काठमाडौं उपत्यकामा घर नभएका प्रत्येक सांसदले घरभाडाबापत मासिक १८ हजार रुपैयाँ, घर हुने सांसदले घर मर्मत सम्भारबापत मासिक ८ हजार रुपियाँ पाउनेछन् । बिजुली, पानी, टेलिफोन, पत्रपत्रिकाबापत मासिक ३ हजार पाउनेछन् । इन्टरनेटसहित एउटा टेलिफोन लाइन जडान गर्न लाग्ने धरौटी तथा अन्य खर्च पनि सचिवालयले उपलब्ध गराउनेछ । सांसद बिमारी परेको खण्डमा सरकारकै खर्च हुन्छ । नियमित सेवन गर्नुपर्ने औषधि खर्च पनि सचिवालयले उपलब्ध गराउनेछ । निर्वाचित प्रतिनिधिले चुनावअघि जनतासामु व्यक्त गरेका प्रतिबद्धता पुरा गर्न संसदलाई चुस्त, दुरुस्त ढंगबाट अघि बढाउनुपर्ने बताएका छन् ।

सांसदले नियमित पारिश्रमिकबाहेक थप रकम चाहिएमा आफूले पाउने तलबको बढिमा तीन महिनाको तलबबापतको पेस्की पाउने व्यवस्था छ । बैठक बस्दा दैनिक एक हजार यातायात खर्च र एक हजार बैठक भत्ता दिइन्छ । सत्ता पक्षको नेता, विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापतिले गाडी सुविधा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com