ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीले एमालेसँग मिलेर सरकार बनाए एकीकृत समाजवादीले के गर्छ ?


एबीसी / संवाददाता

काठमाडौं, १ पुस । आमनिर्वाचनको अन्तिम नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस भएसँगै नयाँ सरकार गठनको विषयले राजनीतिक वृत्त तात्न थालेको छ । सबैभन्दा धेरै सिट पाएर पहिलो दल बनेको नेपाली कांग्रेस सरकार बनाउन आन्तरिक छलफलमा जुटेको छ । तर अहिलेसम्म सरकार गठनबारे सत्ता गठबन्धनमा ठोस सहमति भएको देखिँदैन ।

संसदकाे दोस्रो ठूलाे दल एमालेले समेत सरकार गठनबारे भित्रभित्रै छलफल सुरु गरेको छ। आमनिर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनमार्फत चुनाव लडेको माओवादी केन्द्र अब कता लाग्छ भन्ने आमचासोका विषय बनेको छ । कांग्रेससँग मिलेर चुनाव लडेकाले नयाँ सरकारमा कांग्रेससँग सहकार्य हुन सक्ने आकलनका बाबजुद एमालेसँग हिमचिम बढ्नुले माओवादी केन्द्रको कित्ता क्लियर हुन अझै बाँकी देखिन्छ ।

माओवादीले कांग्रेससँग सत्ता सहकार्यका लागि ठोस सहमति नभएको माओवादी केन्द्रका महासचिव देव गुरुङ बताउँछन् । गुरुङले यसअघि एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेपछि माओवादी एमाले हिमचिम थप बढेको आकलन गरिएको छ ।

यदि माओवादी केन्द्रले कांग्रेसको कित्ता छाडेर एमालेसँग मिलेर सरकार गठन प्रक्रियामा अघि बढ्यो भने एमाले विद्रोहबाट जन्मिएको एकीकृत समाजवादी कता लाग्छ भन्ने विषय थप रोचक बनेको छ ।

तत्कालीन नेकपामा रहँदा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच राम्रो केमेस्ट्री मिलेको थियो । सोही समयमा प्रचण्डप्रति नजिक बनेको भन्दै अध्यक्ष ओलीले नेपाललाई पार्टीभित्र बेस्सरी पेलेपछि उनी पार्टी फुटाउन तयार भए । कांग्रेससँगको गठबन्धनमा समेत सँगसँगै रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी  निर्वाचनपछि पार्टी नै एकीकरणको गृहकार्यमा जुटेको बताइरहेका थिए ।

यद्यपि नयाँ सरकार गठनको पूर्वसन्ध्यामा सत्ता समीकरण फेर्न एमाले माओवादी मिलेर कसरत गरिरहेका बेला एकीकृत समाजवादी कता लाग्छ भन्नेबारे अन्याेलता देखिन्छ ।

एमाले माओवादी मिल्दा तपाईंहरू कता ? भन्ने न्युज कारखानाको प्रश्नमा एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधर भन्छन्, ‘एमाले र माओवादी सत्ता स्वार्थका लागि मिल्नु अनैतिक र अवसरवाद हुन्छ । एउटासँग गठबन्धन गरेर चुनावमा जाने र अर्कोसँग मिलेर सरकार बनाउने कुरा नाजायज हुन्छ । हामी कता लाग्छौं भन्ने विषय उनीहरू मिलिसकेपछि थाह हुन्छ ।’

माओवादी एमालेसँग मिल्न गए पनि आफूहरू यथास्थितिमा एमालेसँग सहकार्य नगर्ने उपमहासचिव तुलाधर बताउँछन् । उनले एमाले अध्यक्ष ओलीले आत्मालोचना गरेर विगतमा गरेका गल्तीहरूमा क्षमायाचना गरे मात्र सहकार्यबारे सोच्न सकिने तर ठोकुवा गरेर भन्न सक्ने अवस्था नरहेको बताए । सत्ता स्वार्थका लागि गरिने गठबन्धनबाट जनता आजित भइसकेकाले यस्तो अवसरवादबाट माओवादी मुक्त हुनुपर्ने उपमहासचिव तुलाधर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौँ : ओली

काठमाडौँ, १६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका

बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु, श्रीमती घाइते

बाँके, १६ माघ । बाँकेको कोहलपुरमा आफ्नै बाबुले पेट्रोल खन्याएर आगो लगाएर छोराको मृत्यु भएको छ । श्रीमती घाइते छिन् । आइतबार साँझ कोहलपुर नगरपालिका–२

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवालाई भाजपा प्रवक्ता इल्मीले भेटिन्

काठमाडौँ, १६ माघ । तीनदिने नेपाल भ्रमणमा आएकी भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता साजिया इल्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग

सम्बन्धित

शहीदका सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न प्रधानमन्त्रीको प्रचण्डको आह्वान

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

परराष्ट्रमन्त्री विमला राईको पहिलो विदेशभ्रमण श्रीलंकाको हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com