ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपाङ्ग टेवा संस्था र ह्वीलचियर फाउण्डेशनले देशका विभिन्न ठाउँमा ह्वीलचियर वितरण


एबीसी / संवाददाता

काठमाडौं, २९ मंसिर । अपाङ्ग टेवा संस्था र ह्वीलचियर फाउण्डेशनले देशका विभिन्न ठाउँमा ह्वीलचियर वितरण गरिरहेको छ । मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि छुट्टै विशेष किसिमको ह्वीलचियर ५० वटा तथा सामान्य किसिमको अन्य ह्वीलचियर गरी जम्मा १५८ वटा वितरण गरिने अपाङ्ग टेवा संस्थाका अध्यक्ष डेण्डी शेर्पाले जानकारी दिनुभयो ।

अपाङ्गता भएका ब्यक्तिहरुको पनि अन्य नागरिक जस्तै विद्यालय, अस्पताल, बजार, कार्यस्थलजस्ता सार्वजनिक स्थानमा पूर्णरुपमा सहभागी हुन पाउनु पर्ने, उनीहरुको पहुँच अन्य नागरिक सरह हुनुपर्ने मा राज्यको नीति तथा कार्यक्रम कार्यान्वयन अझै हुन नसकेको अध्यक्ष शेर्पाको गुनासो छ ।

 

विगत लामो समयदेखि ह्वीलचियर मर्मत, वितरण तथा अपाङ्गता भएका ब्यक्तिहको जीवन सहज र सरल बनाउन होस्टल संचालन गर्दै आएको अपाङ्ग टेवा संस्थाले ह्वीलचियर फाउण्डेशनको सहयोगमा देशैभरीका अपाङ्गता भएका ब्यक्तिहरुलाई आवश्यकता हेरी ह्वील चियर वितरण गर्दै आईरहेको छ । विशेष किसिमको ह्वीलचियर लिनेमा भक्तपुरबाट अर्वाचिन अधिकारी, आर्यन श्रेष्ठ, दिब्यांस चन्द, सुमित गौतम, आश्मा सिग्देल, हिमाल गौतम लगायतका बालबालिका रहेका छन् ।

आफ्ना बालबालिकाले आवश्यकता अनुरुपको विशेष किसिमको ह्वीलचियर प्राप्त गरेकोमा संरक्षकहरु खुशी भएका छन् । बच्चालाई लिएर हिँडडुल गराउन सजिलो हुने भएकाले कुनैठाउँमा जानबाट बन्चित हुनु नपर्ने हुँदा यस्ता किसिमका विशेष ह्वील चियर सबै बालबालिकाको पहुँचमा पुग्नु पर्ने र यसकालागि राज्यले ह्वीलचियर वितरण प्राथमिकतामा राख्नु पर्ने संरक्षक तथा चित्रपुर अभिभावक स्वावलम्बन समुहकी अध्यक्ष ज्योति खतिवडाको धारणा छ ।

अपाङ्गता भएका बालबालिकाहरुपनि अपाङ्गमैत्री ठाउँ र उपयुक्त ह्वीलचियर भए सबलाङ्ग सरह हिँडडुल गर्न सक्छन् । नेपालमा अपाङ्गता भएका ब्यक्तिहरुकालागि पहुँच र सेवा सम्बन्धी केही नीति र कानून भएपनि कार्यान्वयन पक्ष कमजोर हुँदा उनीहरुले पाउने सेवा सुविधा प्राप्त गर्न सकिरहेका छैनन् । यसमा राज्यको ध्यान जानु आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

काठमाडौं, २४ माघ । निर्वाचनपश्चात नयाँ सरकारको बनेको ४२ दिनमै पूनः सरकार अस्थिर अवस्थामा पुग्ने संकेत देखिएको छ । सरकारमा दलहरुबीचको सहमतिमा बनेको गठबन्धन सरकारबाट

सम्बन्धित

लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

ओली र विप्लवबीच बालकाेटमा भेटवार्ता

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…

काठमाडौंमा बर्डफ्लू संक्रमण पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...