ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगद मार्जिन खारेज र गाडी आयात खुलाउनुनपर्ने भन्दै अटो व्यवसायीद्वारा आन्दोलनको घोषणा


एबीसी / संवाददाता

काठमाडौं, १६ मंसिर । सरकार तथा राष्ट्र बैंकको नीतिका कारण समस्यामा परेका अटोमोबाइल्स व्यवसायीहरुले विरोध कार्यक्रम सार्वजनिक गरेका छन् । सरकारी नीतिको विरोध गर्दै उनीहरुले चरणबद्ध आन्दोलन घोषणा गरेका हुन । अटो व्यवसायीले शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन व्यवस्था खारेजीको माग गर्दै मंसिर २२ गतेसम्म पहिलो चरणका कार्यक्रम सार्वजनिक गरेका हुन ।

चालू पुँजी कर्जा मार्गदर्शन खारेज, मौद्रिक नीति परिमार्जन, ब्याजदर नियन्त्रण र गाडी आयात फुकुवा माग गर्दै आन्दोलन घोषणा गरेका छन् ।

जसले कर तिरेको छ उसैलाई सरकारले पेलेको व्यवसायीले आरोप लगाएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बाध्यात्मक परिस्थिति आएको बताउनुभयो । २१ प्रतिशत राजस्व योगदान अटो क्षेत्रले दिए पनि सरकारले अटोमोबाइल्सलाई प्राथमिकता नदिएको बताउनुभयो ।

उहाले ८ महिनादेखि अटो व्यवसाय बन्दप्रायः रहेको बताउदै १ लाख रोजगारी सिर्जना गरेको यस क्षेत्रमा ३० प्रतिशत कटौती भएको दावी गर्नुभयो । उहाले गाडीमा ५० प्रतिशत र पार्टस १०० प्रतिशत नगद मार्जिन राख्नुपरेको भन्दै असन्तुष्टि ब्यक्त गर्नुभयो । उहाले अटोमोबाइल्स व्यवसायी सडकमा जाने अवस्थामा भएको बताउनुभयो ।

अध्यक्ष थापाले समस्या समाधान नभए पुनः आन्दोलन घोषणा गर्ने जानकारी दिनुभयो । नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले सरकारका कारण ५८ वटा डिलर बन्द भएको बताउनुभयो । नाडाका अनुसार अटो क्षेत्रमा १ खर्ब लगानी रहेको छ भने १० हजार व्यवसायी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com