ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन् यसपटक संसद् छिर्ने ठेकेदार सांसद


एबीसी / संवाददाता

काठमाडौं, १३ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट डाक्टरदेखि ठेकेदारसम्म निर्वाचित भएका छन् । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रबाट थुप्रैजना उद्योगी व्यवसायीले प्रत्यक्षमै चुनाव जितेका हुन् ।

पछिल्लो समय निर्वाचन प्रणाली महंगो भएको आवाज उठिरहेका बेला धेरै रकम खर्चेर थुप्रै उद्योगी व्यवसायीले चुनाव जितेका छन् । राज्यको नीति निर्माण तहमा रहेर काम गर्ने पदमा व्यवसायीको वर्चस्व हुँदा स्वार्थ बाझिने खतरा बढी हुने गर्दछ ।

आफ्नो स्वार्थ बाझिने क्षेत्रमा उनीहरूको निश्चित रूपमा पनि दबाब र प्रभाव रहन्छ नै । यसपटकको निर्वाचनमा विभिन्न दलबाट टिकट पाएका ६ जना निर्माण व्यवसायीले चुनाव जितेका छन् । ठेकेदार सांसदमध्ये एक हुन्, नेपाली कांग्रेसका विष्णुकुमार कार्की । उनले नवलपरासी बर्दघाट सुस्ता पूर्व-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । क्रसर व्यवसायी रहेका कार्कीले नेकपा एमालेका तिलक महतलाई पराजित गरेका थिए ।

अर्का ठेकदार सांसद हुन् धनबहादुर बुढा । उनी डोल्पामा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन् । हिमाली निर्माण सेवाका सञ्चालक रहेका सांसद बुढाले एमालेका गणेशबहादुर शाहीलाई पराजित गरेका छन् ।

रामेछापबाट प्रतिनिधिसभा सदस्य पदमा विजयी बनेका कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) पनि निर्माण व्यवसायी हुन् । उनले सञ्चालन गरिरहेको कान्छाराम कन्स्ट्रक्सन नेपालको ‘क’ वर्गको ठेकेदार कम्पनी हो । कान्छारामले एमालेका कैलाशप्रसाद ढुंगेललाई हराएका थिए ।

रसुवाबाट प्रतिनिधिसभा सदस्य पदमा कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । उनी निर्माण व्यवसायी हुन् । आचार्य दोस्रोपटक  निर्वाचित भएका हुन् । उनले एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई हराएका थिए । सांसद आचार्यले रसुवा कन्स्ट्रक्सन नामको निर्माण कम्पनी चलाइरहेका छन् । जुन नेपालको ‘क’ वर्गमा पर्ने निर्माण कम्पनी हो ।

दाङ ३ बाट निर्वाचित कांग्रेसका दीपक गिरी क्रसर व्यवसायमा संलग्न छन् । गिरीकी श्रीमती सञ्चालक रहेको ओम नमः शिवाय र स्वर्गद्वारी क्रसरमा उनी साझेदारका रूपमा संलग्न छन् । उनले एमालेकी उम्मेदवार कोमल वलीलाई हराएका थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे निर्माण व्यवसायी हुन् ।  उनको  कालिका कन्स्ट्रक्सन पनि नेपालको ‘क’ वर्गको ठेकदार कम्पनी हो । पाण्डे चितवन ३ बाट निर्वाचित भएका हुन् । पाण्डेले पछिल्लो समयमा यात्री मोटरसाइकलदेखि विभिन्न इनोभेसन र स्टार्टअप बिजनेसमा पनि लगानी थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com