धनुषा ४ मा रघुवीरलाई पछि पार्दै कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै
धनुषा, १२ मंसिर । धनुषा ४ मा जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायमै राखेका छन् । यादव सात सय ४५ मतसहित लिड गरिरहेका छन् ।
हालै सार्वजनिक भएको मतगणनाअनुसार कांग्रेसका सहमहामन्त्रीसमेत रहेका यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गर्दा एमाले उम्मेदवार रघुवीर महासेठले २७ हजार नौ सय १० मत पाएका छन् ।
अब मिथिला नगरपालिकाको वडा नम्बर ७, ८, ९, १० र ११ को मतगणना बाँकी छ ।







प्रतिक्रिया दिनुहोस्