ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उदयपुर–१ र सुनसरी–४ मा मतगणना अन्योल, निर्वाचन आयोगको निर्णय पर्खँदै


एबीसी / संवाददाता

काठमाडौं, १२ मंसिर ।  मत गणना स्थगित भएको उदयपुर(१ र सुनसरी(४ मा अझै विवाद समाधान भएको छैन । उदयपुर–१ मा हिजो बिहान साढे १० बजेदेखि गणना स्थगित छ भने सुनसरी–४ मा अस्ति बेलुका सवा ६ बजेदेखि गणना हुनसकेको छैन । विवाद मिलाउन सर्वदलीय बैठक बसे पनि निकास निस्कन सकेको छैन ।

उदयपुर–१ मा कांग्रेसका डाक्टर नारायण खड्का र एमालेकी मञ्जुकुमारी चौधरीबीच मुख्य प्रतिस्पर्धा छ । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाका सयभन्दा बढी मतपत्र भेटिएपछि नेकपा एमाले, राप्रपा, जसपालगायतका दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

निवेदनबारे निर्वाचन आयोगमा पत्र पठाइसकेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वदलीय बैठक बसे पनि विवाद टुङ्ग्याउन नसकेकाले आयोगलाई पत्र पठाइएको हो । आयोगले जे निर्णय गर्छ त्यहीँ गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, सुनसरी–४ मा बराहक्षेत्र–८ को मतगणना हुँदै गर्दा मतपेटिकाभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको भन्दै कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले आरोप लगाएपछि गणना स्थगित भएको थियो ।

सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले पनि विवादबारे निर्वाचन आयोगमा जानकारी गराएकाले निर्णय पर्खिएर बसेको बताउनु भएको छ । यो क्षेत्रमा कांग्रेसका कार्की र एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैत मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com