ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१०६ सिटको नतिजा : कांग्रेस ३८, एमाले २६, माओवादी १२, एकीकृत समाजवादी १० (सूचीसहित)


एबीसी / संवाददाता

 

काठमाडौं ९ मंसिर ।  प्रतिनिधिसभा सदस्यका लागि गत आइतबार सम्पन्न मतदानअन्तर्गत प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी छ। शुक्रबार विहान ४ बजेसम्म १६५ मध्ये १०६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ।

आयोगले सार्वजनिक गरेको नतिजाअनुसार ३९ सिटसहित नेपाली कांग्रेस पहिलो स्थानमा छ। सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी गठबन्धन गरेको कांग्रेसले ९१निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो।

नेकपा एमाले २६ स्थानमा प्रतिनिधिसभा सदस्य जितेको छ । सत्ता बाहिर रहेका विभिन्न दलहरुसँग चुनावी गठबन्धन गरेको एमालेले १४१ स्थानमा उम्मेदवारी दिएको छ।

सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले ४६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारहरु खडा गरेको थियो। पछिल्लो मत परिणामअनुसार माओवादीले १२ स्थानमा जित निकालिसकेको छ। ३ स्थानमा अग्रता छ भने दुई स्थानमा अघि पछि हुंदै आएको छ ।

२१ स्थानमा उम्मेदवारी दिएको सत्ता गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीले पनि १० सिट जितेको छ। एबीसी एक्जिट पोलमा बढीमा १० सिट जित्ने देखिएको एकीकृत समाजवादीले ठ्याक्कै त्यही संखया जितेको छ । अन्य क्षेत्रमा उसले जित्ने सिट समाप्त भएको छ ।
नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ७ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने सुनसरी १ मा अघि पछि हुने गरेको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरु लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) २ र राष्ट्रिय जनमोर्चा १ स्थानमा विजयी भएको छ। एमालेसँग गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) पनि २ स्थानमा विजयी भएको छ।

एमालेसँगै चुनावी तालमेलमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ स्थानमा जित निकाली सकेको छ। स्थानीय तह निर्वाचनको संघारमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले २ र एक स्वतन्त्र गरी? ३ सििट जितेको छ । विभिन्न जिल्लाहरुमा ४ जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचितहरुको सूचीः
नेपाली कांग्रेस
(१) मुस्ताङ– योगेश शेरचन
(२) मनाङ– टेकबहादुर गुरुङ
(३) काठमाडौं १ – प्रकाशमान सिंह
(४) काठमाडौं ३ – सन्तोष चालिसे
(५) काठमाडौं ४– गगनकुमार थापा
(६) काठमाडौं ५ – प्रदीप पौडेल
(७) रसुवा– मोहन आचार्य
(८) ललितपुर १– उदय शमशेर जबरा
( ९) तनहुँ २ – शंकर भण्डारी
(१०) डडेल्धुरा– शेरबहादुर देउवा
(११) काठमाडौं १० – राजेन्द्रकुमार केसी
(१२) पर्सा ४ – रमेशकुमार रिजाल
(१३) सुर्खेत २ – हृदयराम थानी
(१४) ओखलढुंगा– रामहरि खतिवडा
(१५) झापा १– विश्वप्रकाश शर्मा
(१६) पर्सा १– अजयकुमार चौरसिया
(१७) गोरखा १– राजेन्द्र बजगाँई
(१८) म्याग्दी– खमबहादुर गर्बुजा
(१९) अछाम २ – पुष्पबहादुर शाह
(२०) कैलाली ४ – वीरबहादुर बलायर
(२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू
(२२) कञ्चनपुर ३ – रमेश लेखक
(२३) कञ्चनपुर २– एनपी साउद 
(२४) सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत
(२५) दैलेख २ – दिक्पालकुमार शाही 
(२६) भक्तपुर २ – दुर्लभ थापा 
(२७) नवलपरासी पूर्व १ – शशांक कोइराला 
(२८) तनहुँ १ – रामचन्द्र पौडेल 
(२९) बाँके ३ – किशोरसिंह राठोर
(३०) रौतहट ४ – देवप्रकाश तिमल्सिना
(३१) नवलपुर २ – विष्णुकुमार कार्की
(३२) सप्तरी ३ – दिनेश यादव
(३३) धादिङ २ – रामनाथ अधिकारी 
(३४) सुर्खेत १ – पूर्णबहादुर खड्का
(३५) दाङ ३ – दीपक गिरी
(३६) सिन्धुली १ – श्याम कुमार घिमिरे
(३७) बर्दिया १ – सञ्जय गौतम

नेकपा एमाले
(१) उदयपुर २ – अम्बरबहादुर रायमाझी
(२) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
(३) ललितपुर २– प्रेमबहादुर महर्जन
(४) गुल्मी २ – गोकर्ण विष्ट
(५) झापा २ – देवराज घिमिरे
(६) झापा ५ – केपी शर्मा ओली
(७) ताप्लेजुङ– योगेश भट्टराई
(८) पर्सा ३ – राजकुमार गुप्ता
(९) अर्घाखाँची – टोपबहादुर रायमाझी
(१०)  प्युठान – सूर्य थापा
(११) लमजुङ – पृथ्वीसुब्बा गुरुङ
(१२) मकवानपुर २ – महेश बर्तौला 
(१३) सोलुखुम्बु – मानवीर राई 
(१४) पर्वत – पदम गिरी
(१५) झापा ४ – लालप्रसाद साँवा लिम्बु
(१६) रुपन्देही ५ – बासुदेव घिमिरे
(१७) धनकुटा – राजेन्द्रकुमार राई
(१८) कास्की २ – विद्या भट्टराई
(१९) सिरहा १ – रामशंकर यादव 
(२०) बाँके १ – सूर्यप्रसाद ढकाल 
(२१) बैतडी – दामोदर भण्डारी 
(२२) कपिलवस्तु १–बलराम अधिकारी
(२३) कञ्चनपुर १– तारालामा तामाङ

२४) सर्लाही ३ डिल्ली उप्रेती
(२५) कास्की ३ दामोदर पौडेल

(२६) पांचथर बसन्त नेम्वांग

नेकपा माओवादी केन्द्र
(१) सिन्धुली २– लेखनाथ दाहाल
(२) सिन्धुपाल्चोक १ – माधव सापकोटा
(३) बाग्लुङ २ – देवेन्द्र पौडेल
(४) रोल्पा – वर्षमान पुन
(५) रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
(६) जाजरकोट – शक्तिबहादुर बस्नेत
(७) गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
(८) दाङ २ – रेखा शर्मा
(९) खोटाङ – रामकुमार राई

१०. रुकुम पश्चिम जनार्दन शर्मा
११.मोरंग – ४ अमनलाल मोदी
१२. भोजपुर सुदन किराती

नेकपा एकीकृत समाजवादी
(१) अछाम १ – शेरबहादुर कुँवर
(२) बारा ४ – कृष्णकुमार श्रेष्ठ
(३) बझाङ – भानुभक्त जोशी
(४) दैलेख १ – अमरबहादुर थापा
(५) डोटी – प्रेम आले
(६) सल्यान – प्रकाश ज्वाला 
(७) रौतहट १ – माधवकुमार नेपाल
(८) डोल्पा – धनबहादुर बुढा 
(९) धादिङ १ – राजेन्द्र पाण्डे

१०.दांग १ मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी
(१) काठमाडौं ७ – गणेश पराजुली
(२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
(३) काठमाडौं २ – सोविता गौतम
(४) काठमाडौं ६ – शिशिर खनाल
(५) चितवन २ – रवि लामिछाने 
(६) ललितपुर ३ – डा. तोसिमा कार्की
(७) चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
(१) बाँके २ – धवलसमशेर जबरा
(२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही 
(३) मकवानपुर १ – दीपकबहादुर सिंह
(४) झापा ३ – राजेन्द्र लिङ्देन

लोकतान्त्रिक समाजवादी पार्टी
(१) रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
(२) सर्लाही १ –  रामप्रकाश चौधरी

नागरिक उन्मुक्ति पार्टी
(१) कैलाली ३ – गंगाराम चौधरी
(२) कैलाली १ – रञ्जिता श्रेष्ठ

जनता समाजवादी पार्टी (जसपा)
(१) पर्सा १ – प्रदीप यादव
(२) सप्तरी १ –नवलकिशोर साह

राष्ट्रिय जनमोर्चा
(१) बाग्लुङ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)
(१)  भक्तपुर १ –  प्रेम सुवाल

जनमत पार्टी 
(१) सप्तरी २ – डा. सीके राउत

स्वतन्त्र
(१) बर्दिया २ – लालवीर चौधरी
(२) मोरङ ५ – योगेन्द्र मण्डल 
(३) रौतहट ३ – प्रभु साह 
(४) सर्लाही ४ – अमरेशकुमार सिंह 
(५)रौतहट २– किरण कुमार साह

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com