ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ ओटा प्रदेशमा वाम गठबन्धनको सरकार , कांग्रेस प्रदेश सरकारमा समेत प्रतिपक्ष


एबीसी न्यूज
माघ १०, २०७४ बुधबार  ११ : ३१ बजे

कविराज विसी
काठमाडौं, १० माघ । निर्वाचन सम्पन्न भएको करिव डेढ महिनापछि बल्लतल्ल प्रदेशसभा सदस्यहरुले माघ ७ गते सपथ लिएका छन् । यससँगै राजनीतिक दलहरु प्रदेश सरकार निर्माणमा जुटेका छन् । मुलुक संघीयतामा गएपछि पहिलो पटक बन्न लागको प्रदेश सरकार निर्माणको तयारीले नागरिकको ध्यान तानेका छ । उनीहरुमा कुन प्रदेशमा कुन राजनीतिक दलको सरकार बन्छ भन्ने कौतुहलता बढ्दै गइररहेको छ । प्रदेश प्रमुखको नियुक्ति र प्रदेश सांसदको शपथपछि दलहरुको ध्यान प्रदेशसभा सरकार गठन र राष्ट्रियसभा चुनावमा केन्द्रित भएको छ । राष्ट्रियसभा चुनाव माघ २४ गते हुँदैछ । दलहरुले राष्ट्रिय सभामा आ आफ्ना उम्मेदवारहरु समेत छानि सकेका छन् । राष्ट्रियसभाको निर्वाचन प्रयोजनका लागि माघ १२ गतेदेखि निर्वाचन आचारसंहिता समेत लागू हुने आयोगले जनाएको छ । राष्ट्रिय सभा निर्वाचन सँगसँगै अब, प्रदेशसरकार गठनको तयारी मा लाग्न थालेका छन् दलहरु । प्रदेशसदस्यहरु सपथ खाएको २० दिनभित्र प्रदेश सभाको बैठक बस्नुपर्ने संवैधानिक बाध्यता छ । दुई नं. प्रदेशमा त माघ २१ गतेका लागि प्रदेश अधिवेशन आह्वान भैसकेको छ । फागुनको पहिलो सातासम्म प्रदेश सरकार गठन हुनसक्ने विश्लेषकहरु को दावी छ ।


प्रदेशसभा चुनावको मतपरिणाम हेर्दा ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने छ भने २ नं. प्रदेशमा मधेशकेन्द्रित दलको नेतृत्वमा सरकार बन्ने देखिन्छ । उद्यपी राष्ट्रियसभाको निर्वाचनमा मधेश वादीदलहरुले वाम गठबन्धन संग मिलेर गएभने प्रदेश सभामा वाम गठबन्धन लगाएत मधेशवादीदलहरुको सरकार निमार्ण हुने देखिन्छ ।

७ वटा प्रदेशमध्ये १ र ३ मा एमालेको स्पष्ट बहुमत छ । प्रदेश नं. ६ मा पनि एमाले बलियो छ । २ नम्बर प्रदेशमा राजपा र संघीय समाजवादी फोरम गठबन्धनको बहुमत पुग्छ । २ नम्बर प्रदेशमा मधेसवादीको र बाँकी ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्नेमा कुनै शंका छ्रैन । तर, २ नं. प्रदेशमै कसले नेतृत्व गर्ने भन्नेमा फोरम नेपाल र राजपाबीच सहमति भैसकेको छैन । प्रदेश नं १ मा एमालेका ५१ जना सांसद छन । कांग्रेसका २१, माओवादीका १५, संघीय समाजवादी फोरमका ३, राप्रपाका १ र स्वतन्त्र १ सांसद १ नम्बर प्रदेशमा छन् । यो प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्नेछ । एमालेका शेरधन राईले मुख्यमन्त्रीको दाबी गरेका छन् ।

प्रदेश नंं २ मा संघीय समाजवादी फोरमका २९, राजपाका २५, एमालेका २१, कांग्रेसका १९, माओवादी ११ सांसद छन् । यहाँ मधेसवादी दल मिलेर सरकार बनाउने निश्चित छ । संघीय समाजवादी फोरमलाई मुख्यमन्त्री दिनेगरी राजपा र फोरमबीच छलफल चलिरहेको छ ।

प्रदेश नं ३ मा एमालेका ५८, माओवादीका २३, कांग्रेसका २१, विवेकशील साझाका ३, नेमकिपाका २ तथा राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका एकएक सांसद छन । यहाँ पनि एमालेकै मुख्य मन्त्री बन्नेछन् । एमालेबाट मुख्यमन्त्रीको लागि अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, केशव स्थापितको नाम चर्चामा छ ।
प्रदेश नं. ४ मा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ सांसद छन् । यहाँ एमालेका पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङमध्ये एक मुख्यमन्त्री हुनेछन् । दुवैले दावी नछाडेपछि नाम टुंगो लगाउन एमालेलाई समस्या भएको छ ।

प्रदेश नं ५ मा एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५ तथा राजपा र राष्ट्रिय जनमोर्चाका एकएक सांसद छन । यहाँ एमालेका शंकर पोख्रेल मुख्य मन्त्री बन्ने पक्का भैसकेको छ । उनलाई एमालेले प्रदेश संसदीय दलको नेतामा चयन गरिसकेको छ ।

प्रदेश नं ६ मा एमालेका २०, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । यहाँ एमालेका प्रकाश ज्वाला र यामलाल कँडेलले मुख्यमन्त्रीको दावी गरेका छन् । तर, यो प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउने सम्भावना बढेपछि एमाले ६ नं. प्रदेशले त्यसको विरोध गरेको छ ।

प्रदेश नं ७ मा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र राजपाका २ जना सांसद छन् । यो प्रदेशमा एमालेले माओवादीलाई मुख्यमन्त्री छोड्ने लगभग पक्काजस्तै छ । २ नं. बाहेक सबै प्रदेशमा बाम गठबन्धले बलियो देखिए पनि ६ नम्वर प्रदेशमा माओवादी र एमालेको दाबी र अडान कायमै रह्यो भने त्यसले गठबन्धनको मर्मलाई प्रभावित पार्न सक्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्लाहीमा अनियन्त्रित गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com