काठमाडौं, ७ मंसिर । तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार बिहानसम्म २२ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।
सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले १३ सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले ३र३ क्षेत्रमा जित हासिल गरेका छन्।
नेकपा ९एकीकृत समाजवादी० नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक(एक ठाउँमा जित निकालेका छन्।
कसले कहाँ जिते ?
नेपाली कांग्रेस
काठमाडौं–१ प्रकाशमान सिंह
काठमाडौं–३ सन्तोष चालिसे
काठमाडौं– ४ गगन थापा
काठमाडौं–५ प्रदीप पौडेल
काठमाडौं–१० राजन केसी
मनाङ– टेकबहादुर गुरूङ
मुस्ताङ – योगेश गौचन
तनहुँ–२ शंकर भण्डारी
सुर्खेत–२ हृदयराम थानी
ललितपुर–१ उदयशमशेर राणा
पर्सा–४ रमेश रिजाल
डडेल्धुरा – शेरबहादुर देउवा
रसुवा– मोहन आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं–८ विराजभक्त श्रेष्ठ
काठमाडौं–२ सोविता गौतम
काठमाडौं–७स् गणेश पराजुली
नेकपा एमाले
ललितपुर–२ प्रेमबहादुर महर्जन
काठमाडौं–९ कृष्णगोपाल श्रेष्ठ
उदयपुर–२ डम्बरबहादुर रायमाझी
नेकपा (एकीकृत समाजवादी)
अछाम–२ शेरबहादुर कुँवर
राष्ट्रिय प्रजातन्त्र पार्टी
बाँके–२ धवलशमशेर राणा
नागरिक उन्मुक्ति पार्टी
कैलाली–३ गंगाराम चौधरी
प्रतिक्रिया दिनुहोस्