प्यूठान, ७ मंसिर । प्यूठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाको अग्रता कायम छ ।सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलभन्दा थापा तीन हजार ३१५ मतान्तरले अगाडि छन् ।थापाले २२ हजार १२३ र पौडेलले १८ हजार ८०८ मत पाएका छन् । हालसम्म झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौवहिनी गाउँपालिकाको मतगणना सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्