काठमाडौं, ६ मंसिर । काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम घोषणा हुन बाँकी नै छ । नेकपा एमालेका कृष्ण बहादुर राई दोस्रो स्थानमा रहेका छन् ।यस निर्वाचन क्षेत्रमा ५८ हजार ८८९ मतदाता रहेकोमा ६६.५५ प्रतिशत अर्थात ३९ हजार १९६ मत खसेको थियो । काठमाडौं–३ मा गोकर्णेश्वर नगरपालिकाकाका सबै वडा, काठमाडौं महानगरपालिकाको वडा नम्बर ६, कागेश्वर नगरपालिकाका वडा नम्बर १,२ र ३ पर्दछन् ।यहाँ आठ स्वतन्त्र सहित २३ जना प्रतिनिधि सभा उम्मेदवार थिए ।
प्रतिक्रिया दिनुहोस्