ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभाका १० क्षेत्रको नतिजा : कांग्रेस ६ , एमाले ३ र नागरिक उन्मुक्ति पार्टी १ स्थानमा विजयी


एबीसी / संवाददाता

काठमाडौं, ६ मंसिर । प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ९ वटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले प्रतिनिधि सभाका ५ क्षेत्रमा जित हात पारेको छ । कांग्रेसले काठमाण्डौ १, काठमाण्डौ ४, रसुवा, मनाङ र मुस्ताङमा जित हात पारेको छ । एमालेले काठमाण्डौको क्षेत्र नम्बर ९, लतिलपुर २ र उदयपुर २ मा जित हात पारेको छ । कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ ।रसुवाबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित हुनुभएको छ ।

आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६ सय २१ मतले पराजित गर्नुभयो । आचार्यले १८ हजार २ सय ३५ मत ल्याउँदा एमालेका तामाङले ८ हजार ६ सय १४ मत ल्याउनुभएको छ । रसुवामा मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २ सय १०, राष्ट्रिय स्वतन्त्र पार्टीका मीननाथ देवकोटाले १ सय ६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टीकाप्रसाद देवकोटाले ७५ मत ल्याउनुभएको छ ।
उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ । रायमाझी १५ हजार २ सय ५१ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले १२ हजार ८ सय ९३ मत प्राप्त गर्नुभयो ।

यस्तै स्वतन्त्र उम्मेदवार रामकुमार राईले १० हजार ३ सय ७९ र मंगोल नेशनल अर्गनाइजेसनका भाष्कर राईले १ हजार ४ सय ३० मत प्राप्त गर्नुभयो ।काठमाण्डौ क्षेत्र नम्बर ९ मा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ११ हजार ९ सय ५६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९ सय ६१ मत प्राप्त गर्नुभएको छ । यस्तै सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४ सय २ मत प्राप्त गर्नुभएको छ । कैलाली क्षेत्र नम्बर–३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी हुनुभएको छ । चौधरीले २३ हजार १ सय २० मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीलाई पाँच हजार ३ सय ७१ मतले हराउनुभयो । गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गर्नुभयो । काठमाण्डौ क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा २१ हजार ३ सय २ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गर्नुभएको छ । थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतको अन्तरले पराजित गर्नुभएको हो । काठमाडौं क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्नुभएको हो । अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका पाउनुभएको छ भने एमालेका पोखरेलले १० हजार १७२ मत प्राप्त गर्नुएको छ ।

लितपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई ६ हजारभन्दा धेरै मतले पछि पार्दै एमालेका महर्जन विजयी हुनुभएको हो । मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याउनुभयो भने एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com