ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४ पूर्वप्रधानमन्त्री चुनावी मैदानमा कसको अवस्था के ?


एबीसी / संवाददाता

काठमाडौं, ६ मंसिर । देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । मंगलबारसम्म प्रतिनिधिसभातर्फ ४ क्षेत्रको नतिजा आइसकेको छ । जसमध्ये कांग्रेसले ३ ठाउँमा जित हात पारेको छ भने एमालेले १ ठाउँमा जित हात पारेको छ । त्यस्तै प्रदेशसभातर्फ कांग्रेसले ४ र एमालेले १ ठाउँमा जित हात पारेको छ । प्रतिनिधिसभातर्फ अहिलेसम्मको गणनाअनुसार कांग्रेस ४८, एमाले ३८, माओवादी १२, राष्ट्रिय स्वतन्त्र पार्टी ११ र नेकपा एस ७ ठाउँमा अगाडि रहेका छन् ।

यसपटकको चुनावमा बहालवाला प्रधानमन्त्रीसहित ४ जना पूर्वप्रधानमन्त्रीहरू पनि प्रतिस्पर्धामा रहेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट ६८८० मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ३६६६ मत प्राप्त गरेका छन् ।त्यसैगरी एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अग्रता बढाउँदै लगेका छन् । ओलीले ८९७८ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले ५४४८ मत ल्याएका छन् ।त्यस्तै गरी अर्का पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल गोरखा क्षेत्र नम्बर २ बाट अग्रता बनाइरहेका छन् । यसअघि चितवन–३ बाट निर्वाचित दाहालले गोरखा २ मा ४८३२ मतसहित अग्रता बनाएका छन् । उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १४२४ मत ल्याएका छन् । गोरखा २ मा एमाले उम्मेदवार तेस्रो स्थानमा रहेका छन् । उनले ११७६ मत ल्याएका छन् ।त्यस्तै नेकपा एसका अध्यक्षसमेत रहेका माधवकुमार नेपाल पनि रौतहट–१ बाट अगाडि छन् । उनले ५४४५ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका एमाले उम्मेदवार अजयकुमार गुप्ताले ४८७३ मत ल्याएका छन् ।

त्यसैगरी नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने इलाम १ मा पछाडि छन् । उनलाई एमाले उम्मेदवार महेश बस्नेतले उछिनेका छन् । बस्नेतले ५६२६ मत ल्याउँदा खनालले ४८५० मत ल्याएका छन् । यसपटक पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराई भने चुनावी प्रतिस्पर्धामा छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com