काठमाडौं, ५ मंसिर। प्रतिनिधिसभाको समानुतर्फको मतगणनाको परिणाम पनि आउन थालेको छ। निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेस ४ हजार २६७ मतसहित पहिलो स्थानमा छ ।
यस्तै एमाले ३ हजार ५६९ मतसहित दोस्रो र घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी २१३५ मतसहित तेस्रो स्थानमा छ । यस्तै माओवादीले १५०९ मत, राप्रपाले १०४४ मत, जनमत पार्टीले ५३९, जसपाले ५०९, नेमकिपाले ३२४, हाम्रो नेपाली पार्टीले १२० र नेकपा एकीकृत समाजवादी पार्टीले ९७ मत पाएको छ । यस्तै अन्य पार्टीले ४५३ मत पाएका छन् । यस्तै प्रदेशतर्फ पनि समानुपातिकका मत गन्न थालिएको छ। जसमा २ प्रदेशमा एमाले, एक प्रदेशमा कांग्रेस र एकमा जनमत अघि देखिएको छ ।








प्रतिक्रिया दिनुहोस्