काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यसैबीच नागरिक उन्मुक्ति पार्टीले कैलालीका २ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । कैलाली–१ मा पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र कैलाली(३ मा गंगाराम चौधरीले अगाडि रहेका छन् ।
अध्यक्ष श्रेष्ठले ६९१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामजनम चौधरीले ४११ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका तपेन्द्रबहादुर रावलल् १८३ मत ल्याएका छन् ।त्यसैगरी निर्वाचन क्षेत्र ३ मा उन्मुक्तिका गंगारामले ६०० मत ल्याउँदा गठबन्धनबाट माओवादीका कृष्णकुमार चौधरीले ४५० मत ल्याएका छन् ।
कैलाली ३ मा राप्रपाका वीरेन्द्रबहादुर बम ४०० मतसहित तेस्रो स्थानमा रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्