काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहे ।मतको अन्तिम परिणाम आउन बाँकी छ ।
२०७९ को आम चुनावमा पहिलो विजयी हुने भाग्यमानी बनेका छन् मुस्ताङका नेका उमेद्वार योगेश गौचन थकाली । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन नेपाली कांग्रेसले पूर्वमन्त्रीसमेत रहेका जिल्ला सभापति रौमी गौचन थकालीलाई टिकट दिएको थियो । रोमीले छोरा योगेशलाई टिकट दिएर उमेद्वार बनाएका थिए । बाउको टिकट छोरालाई फापेको छ । यस अघि त्यहां नेकपा एमालेले चुनाव जितेको थियो । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनभन्दा बढी मत एमालको थियो । एमालेले दावी गरेको एक सिट गुम्न पुगेको छ ।

योगेश गौचन सम्भवत निर्वाचित हुने सवैभन्दा कान्छा उमेद्वार हुनेछन् । उनी २९ वर्ष पुगेका छन् ।








प्रतिक्रिया दिनुहोस्