काठमाडौं, ५ मंसिर । आज विहानबाट देशभर भएको मत गणनामा नेकपा एमाले ७ स्थानमा अग्रता कायम गरेको छ । काठमाडौं–७ , ललितपुर–१, २ र ३, झापा–२, बाँके–३, धनुषा –३ मा अग्रता लिएको छ । काँठमाडौं–७ का एमालेका उम्मेदवार श्याम घिमिरेले ३७५ मत पाएर अग्रता लिएका हुन् ।
घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छन् । मानुषीले २९० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १७७, हाम्रो नेपली पार्टीका देवेन्द्र पोखरेलले १०१ र राप्रपाका ध्रुवविक्रम मल्ले ८४ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसबाट मुस्ताङ–१ काठमाडौं, –१ र भक्तपुर –२ मा अग्रता रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी १ स्थानमा अग्रता बनाएको ।








प्रतिक्रिया दिनुहोस्